सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
झापा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापाको पार्टी कार्यालयमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) लेखिएको बोर्ड राखिएको छ । तत्कालीन एमाले र माओवादी केन्द्र एकीकृत भएपछि राखिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को साइनबोर्ड फेरेर आज बिहान ११ बजे एमालेको बोर्ड राखिएको हो ।
सो कार्यालय दुवै पार्टी एकीकरण हुनुअघि पनि नेकपा एमालेकै थियो । नेकपा विभाजित भएर अलग–अलग समूह भएपछि कार्यालय बन्द रहेको थियो । आजैदेखि कार्यालय पनि सञ्चालनमा आउने एमालेका जिल्ला कमिटी सदस्य शिव ढुङ्गेलले बताए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा