सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । कैलालीको गोदावरी नगरपालिका-५ गेटा गाउँमा सञ्चालित केएस कन्सट्रक्शनमा भएको आगलागीबाट झण्डै रु एक करोड बराबरको मालसामान जलेर नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रतीक विष्टले उक्त कन्स्ट्रक्सनमा आज बिहान भएको आगलागीबाट टायर, ट्युब, मोबिल जस्ता यातायातका साधनमा प्रयोग गरिने मालसामान जलेर नष्ट भएको बताए । धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाको दमकलको सहायतामा, प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा एक घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो ।
स्थानीयवासी खडक सिंह पालले सञ्चालन गर्दै आउनुभएको उक्त कन्स्ट्रक्सनमा विद्युत् लाइन सर्ट (चुहावट) भई आगलागी भएको अनुमान गरिएको छ । यसअघि गत शनिबार धनगढीको चटकपुरमा रहेको एक फर्निचर उद्योगमा पनि आगलागी हुँदा करोडभन्दा बढीको क्षति पुगेको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा