सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेकपा (एमाले)की नेतृ एवं राष्ट्रिय सभा सदस्य कोमल ओलीले आफ्नै पार्टीका नेता रघुजी पन्त विरुद्ध मुद्दा दायर गर्नुभएको छ । कानुनविद्सँगको परामर्शपछि मंगलबार काठमाडौं जिल्ला अदालत पुगेर उहाँले गाली बेइज्जतीको मुद्दा दर्ता गर्नुभएको हो ।
पन्तले आफूविरुद्ध अभिव्यक्त गरेको विचारले मानसम्मानमा चोट पुगेकाले मुद्दा दर्ता गरेको ओलीले बताउनुभयो ।
उनले मुलुकी अपराध संहिता २०७४ को दफा ३०५, ३०६, ३०७ को आधारमा आफूलाई अन्याय परेको भन्दै मुद्दा दायर गर्नुभएको हो । ओलीको लगाएको आरोप पुष्टि भएमा पन्त मुलुकी अपराध संहिता २०७४ को दफा ३०७ को उपदफा १ अनुसार पन्तलाई दुई वर्षसम्म कैद वा बीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्छ ।
तर, ओलीले विद्युतीय वा अन्य आम सञ्चारका माध्यमबाट बेइज्जती गरेको हुँदा थप एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना माग गरेकी छन् । ओलीले उचित क्षतिपूर्तिसहित मुद्दामा लागेको खर्चसमेत पन्तबाट भराउन पनि माग गरेकी छन् ।
ओलीविरुद्ध रघुजी पन्तले पिडौंला देखाएर राष्ट्रिय सभा सांसद र पार्टीको केन्द्रीय सदस्य बनेको आरोप लगाउनुभएको थियो । पन्तले २०७७ फागुन १५ गते काठमाडौंमा भएको कार्यकर्ता भेलामा सम्बोधन गर्ने क्रममा ‘गोडा पिँडुला देखाउँदै पोइल जना पाम भने पछि सांसद बनाएको, पोइल जान पाम भनेपछि संसद त तीनै भइन्। कपाल फुलेका बुढीहरुले केही पाएनन्। २०औँ वर्ष संघर्ष गरेका, विवाह नै नगरी पार्टीमा योगदान दिएका महिलाहरुले कहिल्यै टिकट नपाएको तर गोडा पिँडुला देखाउँदै पोइल जान पाम भने पछि कोमल ओलीलाई केपी ओलीले सांसद बनाए’ भनी पन्तले विवादास्पद अभिव्यक्ति दिएका थिए।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा