सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी नेपाल) लिमिटेडको १८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
मंगलबार (आज) एलआईसी नेपालको शिक्षालय हल, नक्साल, काठमाण्डौमा सम्पन्न भएको सभाले सभाले आ.ब. २०७५/०७६ को वासलात र आयव्यय विवरणलाई अनुमोदन गर्दै कम्पनीको मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १०.५३ % लाभांश पारित गरेको छ जस अन्तर्गत १०% वोनस शेयर र वोनस शेयरको कर प्रयोजनार्थ ०.५३% नगद लाभांश रहेका छन् ।
आ.ब. २०७५/०७६ मा कम्पनीले १,८९,३२० नयाँ बीमालेखहरु बिक्री गरी प्रथम बीमाशुल्क आम्दानी बापत ४२२.८३ करोड संकलन गर्न सफल भएको थियो । २०७६ आषाढ मसान्तसम्ममा यस कम्पनीमा सक्रिय बीमालेखहरुको संख्या ७,३५,७४५ र कूल जीवन बीमा कोषमा ५३८७.७३ करोड संकलन भएको छ । आ.ब. २०७५/०७६ मा कम्पनीको कूल जीवन बीमा कोषमा २७.४८%, प्रथम बीमाशूल्क आर्जनमा ४६.३६%, बीमालेख संख्यामा ४२.०९%, लगानीतर्फ २३.६५% र लगानीबाट प्राप्त आम्दानीमा २१.९२% को बृद्धिदर रहेको थियो ।
१८औं वार्षिक साधारण सभाले सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गर्ने १ जना पब्लिक डाइरेक्टरमा श्रीमती कोमल अग्रवाललाई निर्विरोध चयन गरेको छ ।
कम्पनीका अध्यक्ष एम.आर. कुमारले सवै शेयरधनीहरुलाई समय र सुझावका लागि धन्यवाद ज्ञापन गर्नु भयो । उहाँले एलआईसी नेपालको १९औं (आ.ब. २०७६/७७) वार्षिक साधारण सभा पनि यथासक्य चाँडो सम्पन्न गरिने वताउँदै आ.ब. २०७६/०७७ मा कोभिड १९ महामारीले व्यवसायमा असर गरेको जानकारी दिनुभयो । चालु आ.ब. २०७७/७८ को दोस्रो त्रैमासभित्र कम्पनीले राम्रो गरिरहेको बताउदै प्रथम बीमाशुल्क आर्जनमा २०.२४% को बृद्धिदरकासाथ कूल वीमाशुल्क आर्जन रु. ९६१.१८ करोड आर्जन गरेको र कम्पनीको कूल जीवन बीमा कोषमा रु. ७,४२४.४९ जम्मा गर्न सफल भएको समेत जानकारी गराउनु भयो ।
उहाँले आफ्ना बीमितहरुलाई सदैव उच्चतम प्रतिफल दिईरहने प्रतिबद्धता जनाउनु भयो । जीवन बीमाको माध्यमबाट देशकोे आर्थिक एवं सामाजिक विकासमा सहभागी हुन पाएकोमा खुसी व्यक्त गर्दै कुमारले यस बीमकलाई नेपालमा सेवामुखी एवं उदाहरणीय जीवन बीमा कम्पनी बनाइ रहने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
सभामा संचालक समितिका अन्य संचालकहरु मुकेश कुमार गुप्ता, अशोक कुमार अग्रवाल, कुमार केशर विष्ट, भि.के. कुक्रेजा र लक्ष्मी प्रसाद दास उपस्थित हुनुहुन्थ्यो ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा