सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले राज्यबाट पाइरहेको निवृत्तभरण (पेन्सन) सुविधा नलिने घोषणा गरेका छन् । संवैधानिक निकायका पदाधिकारीहरुले पेन्सन र तलव सुविधा समेत लिइरहेको अवस्थामा अख्तियारका प्रमुख आयुक्त राईले राज्यबाट पाइरहेको निवृत्तभरण (पेन्सन) सुविधा नलिने घोषणा गरेका हुन् ।
आयुक्त राईले २०७७ साल फागुन देखि आयोगबाट पारिश्रमिक र सेवा सुविधा पाउन थालेकाले सोही महिना देखि नै सरकारबाट पाइरहेको पेन्सन सुुविधा नलिने स्पष्ट पारेका छन् । २०७७ साल २१ माघमा अख्तियारको प्रमुख आयुक्तमा नियुक्त भएका उनी ३० वर्ष भन्दा बढी निजामती सेवामा काम गरिसकेका छन् ।
इमान्दार र स्वच्छ छवि राख्ने प्रशासकका रुपमा कहलिएका उनले पेन्सन सुविधा नलिने घोषणा गरे लगत्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्यसको जानकारी निवृत्तभरण व्यवस्थापन कार्यालय त्रिपुरेश्वरलाई गराएको जनाइएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा