सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा तनहुँमा आयोजित दौड प्रतियोगितामा महिलाहरू श्रीमान् बोकेर दौडिएका छन्।
तनहुँको देवघाट गाउँपालिकाले आयोजना गरेको प्रतियोगितामा १६ जोडीले प्रतिस्पर्धा गरेका थिए। उनीहरू आ–आफ्ना श्रीमानलाई बोकेर दौडिएका थिए।
प्रतियोगितामा विष्णु अधिकारी र पदम अधिकारीको जोडी पहिलो भएका छन् । त्यस्तै, गंगा गुरुङ र नवीन गुरुङको जोडी दोस्रो तथा सीता थापा र होमबहादुर थापाको जोडी तेस्रो भएको छ।
उक्त दौड एक सय मिटरको भएको गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले जानकारी दिए।
तनहुँ जिल्लामा यसअघि केही वर्ष पहिले क्षेत्रीय होटल सङ्घ तनहुँले दमौलीमा श्रीमान्ले श्रीमती बोक्ने प्रतियोगिता आयोजना गरेको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा