सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । अन्तराष्ट्रिय नारी दिवसको उपलक्ष्यमा आज नेपाल ओलम्पिक कमिटीले महिला खेलाडीलाई सम्मानित गरेको छ ।
लामो समय धाविकाका रुपमा विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतिस्पर्धामा सहभागी बिमला जोशीलाई कमिटीले सम्मानित गरेको हो । जोशीले धेरै पटक राष्ट्रिय प्रतियोगिता जित्नुका साथै विभिन्न कीर्तिमानहरु कायम गरेकी छन् ।
यस्तै लामो समयदेखि खेलकुद क्षेत्रमा कार्यरत कर्मचारी भवानी अधिकारी पोखरेललाई पनि सम्मान गरिएको छ । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष प्रतिनिधि सभाका सांसद जीवनराम श्रेष्ठले सम्मानपत्र प्रदान गरेका थिए। नेपाल ओलम्पिक कमिटीले छुटै महिला कमिशन गठन गरेर महिलाहरुको खेलकुदमा सहभागिता बढाउन जोड दिंदै आईरहेको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा