सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर सांग्रिला डेभलपमेन्ट बैंकले नारी बचत खाता सुरु गरेको छ । १८ वर्षभन्दा माथि उमेर समूहका महिलालाई लक्ष्य गरी बैंकले उच्चतम ब्याजदरसहित बचतलाई प्रोत्साहन गर्न उक्त योजना सार्वजनिक गरेको जनाएको छ ।
यस खाता खोल्ने ग्राहकलाई वार्षिक पाँच प्रतिशतका दरले मासिक रुपमा ब्याज भुक्तानी गरिने र लकर शुल्कमा पहिलो वर्षको लागि ५० प्रतिशत छुट दिइने बैंकको विज्ञप्तिमा उल्लेख छ ।
यस बैंकले देशभर छरिएका ९१ वटा शाखामार्फत तीन लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा