• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७८ बैशाख ४, शनिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • राति १० बजेपछि रेष्टुरेन्ट खोल्न नपाइने, डान्सबार र दोहोरीसाँझ पूर्ण रुपमा बन्द

      फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

      त्रिकोणात्मक टी–२० सिरिज क्रिकेटमा नेदरल्याण्ड्स माथि नेपालको सानदार जित

      म्यान्मारमा हराएको मानवता, नागरिकको हत्या गर्ने सैनिक सरकारको भव्य भोज

      तालाबन्दी नखुल्दा सेवाग्राही मारमा

      भारतबाट फर्किएका ५९ मा कोरोना सङ्क्रमण

      हावाहुरीका कारण आँप, लिचीमा क्षति

      चीनको चमत्कार : महामारीबीच जिडिपीमा १८.३ प्रतिशतको वृद्धि

      अयोध्याधाममा मूर्ति स्थापनाको तयारी

      वैशाख ७ गतेबाट कोरोनाको दोस्रो डोज खोप

      भक्तपुरका ११ पोखरीको पुनःनिर्माणपछि पानी भरियो

      सरकारी अस्पतालमा अनलाइनबाट ओपिडी टिकट

      पानी पर्दा किसान खुशी, डढेलो पनि निभ्यो

      दोधारा चाँदनीका विपन्न परिवारका लागि आवास निर्माण

      तराईमा बासन्ती छठ पर्वको रौनक, आज खरना

    होमपेज /  पत्रपत्रिका

    ठगीका अभियुक्त कुमारी बैंकका संचालक !

    सेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७३ चैत्र ४, शुक्रबार (४ साल अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
    फाईल तस्विर

    काठमाडौं, ४ चैत । नाकाबन्दीको मौका छोपी सर्वसाधारणलाई ठगी गरेका केएल दुगड ग्रुपका उपाध्यक्ष नरेश दुगडलाई सञ्चालकमा कायमै राखेपछि कुमारी बैंकमाथि छानबिन हुने भएको छ । बैंकिङ कसुर ऐनअन्तर्गत ठगी अभियोगमा अदालतमा मुद्दा खेपिरहँदा पनि दुगड भने बैंकको सञ्चालकमा कायमै रहेको देखिएपछि कुमारी बैंक र अध्यक्षसहित सबै सञ्चालकमाथि छानबिन हुने भएको हो ।
    आजको राजधानी दैनिकमा खबर छ– नाकाबन्दीको समयमा मौका छोपी सर्वसाधारणलाई ठगी गरेको प्रमाण फेला परेपछि फरार रहेका केएल दुगड ग्रुपका सञ्चालकहरू भर्खरै मात्र काठमाडौं जिल्ला अदालतबाट धरौटीमा रिहा भएर हाल उच्च अदालत पाटनमा मुद्दा खेपिरहेका छन् । दुगड गु्रपका उपाध्यक्षसमेत रहेका नरेश दुगडविरुद्ध ठगी र कालोबजारी अभियोगमा मुद्दा दायर भए पनि कुमारी बैंकले उनलाई अझै सञ्चालककै रूपमा राखेको छ । अदालतमा मुद्दा दायर भएलगत्तै सञ्चालकबाट स्वतः पदमुक्त गर्नुपर्नेमा बैंक सञ्चालक समितिले उनलाई कुनै कारबाही नगरी उल्टै बैंकमा महŒवपूर्ण हैसियतमा राखेको हो । बिहीवार रातीसम्म पनि बैंकको आधिकारिक वेबसाइटमा दुगड सञ्चालक रहेको उल्लेख छ ।
    नेपाल राष्ट्र बैंकका अनुसार ठगी आरोपमा अदालतमा मुद्दा खेपिरहेका र प्रहरीको खोजीमा रहेका व्यक्ति बैंकको सञ्चालक हुन पाउँदैन । राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितले कुनै पनि नैतिक तथा फौजदारी अभियोग लागेको व्यक्ति बैंकको सञ्चालक हुन नपाउने प्रष्ट ब्यवस्था रहेको बताए । यस्ता व्यक्ति कुनै बैंकमा सञ्चालक रहेको भए उनीहरूमाथि कानुनी कारबाही हुने उनको भनाई छ ।
    राष्ट्र बैंकका अर्का उच्च अधिकारीका अनुसार ठगीको अभियोग खेपिरहेका दुगड ग्रुपका उपाध्यक्ष नरेशका साथै सिंगो कुमारी बैंकमाथि नै छानबिन र कारबाहीको तयारी भइरहेको छ । ठगी अभियोग लागेका व्यक्ति सञ्चालक भइरहेको जानकारी राष्ट्र बैंकमा रहेको भए पनि कसैले आधिकारिक रूपमा उजुरी नगरेकाले त्यसको पर्खाइमा बैंक बसेको ती अधिकारीले बताए । उनीमाथि उजुरी परेलगत्तै बैंकिङ कसुरअन्तर्गत कारबाही हुने उनले बताए । राष्ट्रिय उपभोक्ता मञ्च नेपालका अध्यक्ष प्रेमलाल महर्जनले शक्तिको आडमा उपभोक्तामाथि लामो समयदेखि ठगी गर्दै आएको दुगड ग्रुपका सञ्चालकलाई उन्मुक्ति दिने प्रपञ्च रचिँदै आएको बताए ।
    मञ्चले सुरुदेखि नै यस विषयमा सरकारी संयन्त्रलाई खबरदारी गर्दै आएको भए पनि राज्य संयन्त्र नै उनीहरूको संरक्षणमा लागेको आरोप उनको छ । अध्यक्ष महर्जनले प्रहरी प्रशासनले समेत मुद्दा फितलो बनाएको आरोप लगाए । महर्जनले दोषीमाथि कारबाही गर्न अदालतमा मुद्दा परेको अवस्थामा मुद्दा दायर गर्ने पक्ष नै सक्रिय नभएको उल्लेख गरे । प्रहरी प्रशासन र मुद्दाका पक्षधर नै फितलो रूपमा प्रस्तुत हुँदा दोषीले उन्मुक्ति पाउने सम्भावना बढ्दै गएको गुनासो उनले गरे । यद्यपि, उपभोक्तामाथि चरम शोषण गर्नेहरूलाई उन्मुक्ति दिइए त्यसविरुद्ध मञ्च उत्रने चेतावनी उनले दिए ।
    दुगड समूहको अनियमितताविरुद्ध प्रहरी र उपभोक्ता हित संरक्षण मञ्चको जाहेरीमा अदालतमा मुद्दा विचाराधीन छ । कालोबजारी तथा ठगी मुद्दामा फरार केएल दुगड ग्रुपका सञ्चालकहरू किसनलाल दुगड, नरेश दुगड, कुमुद दुगड र विकास दुगडलगायतका अभियुक्त पक्राउ गर्न प्रहरीले सादा पोसाकमा विशेष संयन्त्र बनाई परिचालन गरेको टोली उपत्यका केन्द्रित बनेको भए पनि जिल्ला अदालतले साधारण धरौटी लिएर रिहा गरेको जानकारीपछि प्रहरी पछि हटेको छ ।
    डेढ वर्षअघि काठमाडौं प्रहरी परिसरले केएल दुगडको जडीबुटीस्थित गोदाममा छापा मारी बढी मूल्यमा बेच्न स्टिकर परिवर्तन गरिएको चार ट्रकभन्दा बढी खाने तेल बरामद गर्दै ९ करोड रुपैयाँभन्दा बढी ठगी कायम गरी जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो । अदालतले सबै सञ्चालक दोषी रहेको भन्दै उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । प्रहरीले ठगीमा साथ दिएको भन्दै कम्पनीका म्यानेजर अमन जैन र प्रमोद अधिकारीलाई पक्राउ गरेको थियो । तर, सञ्चालकहरू भने लाखौं रुपैयाँ खर्च गरी जोगिँदै अएका छन् । नाकाबन्दीको समयमा खाने तेलको मूल्य बढाई बिक्री गरे पनि सम्बन्धित निकायले चासो नदिँदा अभियुक्तहरू लामो समयसम्म बच्दै आएका छन् । दुगड ग्रुपले राज्य संयन्त्रलाई प्रभावमा पारी लामो समयदेखि राजस्व छली गर्दै आएको उजुरीसमेत परेको स्रोतको भनाइ छ । यद्यपि, हरेक सरकारी निकाय दुगडलाई उन्मुक्ति दिन लागेको उपभोक्ता मञ्चको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    मुख्यमन्त्री बन्ने कँडेलको चौथो प्रयास पनि असफल

    कोरोना संक्रमितको संख्या पछिल्लो चार महिनाकै उच्च

    जहाँ जोखिम, त्यहीं खेलाँची

    असिनाले तरकारी नष्ट

    कर्णालीमा ओलीको असफल प्रहार : फ्लोर क्रसको तरंग केन्द्रमा

    तीन सय स्थानका सडकमा मेलम्चीको पानी चुहावट

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    राति १० बजेपछि रेष्टुरेन्ट खोल्न नपाइने, डान्सबार र दोहोरीसाँझ पूर्ण रुपमा बन्द

    फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    त्रिकोणात्मक टी–२० सिरिज क्रिकेटमा नेदरल्याण्ड्स माथि नेपालको सानदार जित

    म्यान्मारमा हराएको मानवता, नागरिकको हत्या गर्ने सैनिक सरकारको भव्य भोज

    तालाबन्दी नखुल्दा सेवाग्राही मारमा

    सात अनलाईन न्यूजपोर्टललाई २४ घण्टे स्पष्टीकरण

    कोरोनाको हटस्पट बन्दै काठमाडौं उपत्यका

    कर्णालीको अराजकता क्षम्य हुदैन, कारवाही हुन्छ : एमाले प्रवक्ता ज्ञवाली

    सिमकोट विमानस्थल जोखिममा

    कोरोना संक्रमित रहेका विद्यालय एक हप्ता बन्द गर्न महानगरको पत्राचार

    राति १० बजेपछि रेष्टुरेन्ट खोल्न नपाइने, डान्सबार र दोहोरीसाँझ पूर्ण रुपमा बन्द

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    चीनको चमत्कार : महामारीबीच जिडिपीमा १८.३ प्रतिशतको वृद्धि

    चीनको अर्थतन्त्रमा तिव्र सुधार, पहिलो त्रैमासमा जिडिपी १८.३ प्रतिशत वृद्धि

    सुपारी, केराउ, मरिच र छोकडा आयातको कोटा स्थगित

    लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश घोषणा

    सेतोखबर बिशेष

    कोरोना भाइरस नेपालः अहिले देखिएको कोभिड-१९ को प्रवृत्ति ‘खतराको घण्टी’

    बिबिसि ।  नेपालमा अहिले कोरोनाभाइरस सङ्क्रमणको दर र त्यसबाट प्रभावित हुने उमेर समूहलाई लिएर सरकारी अधिकारीहरूले नै गम्भीर चिन्ता व्यक्त गरेका छन्। गत वर्षको भन्दा...  विस्तृतमा

    सरकारले भन्यो : कोरोना संक्रमण बढ्यो, रात्रिकालीन व्यवसाय बन्द गर्नू, यी हुन् १० बुँदे निर्णय

    देशभित्र र बाहिरका अनेक षडयन्त्र र प्रपञ्च विरुद्ध लडिरहेका छौंः अध्यक्ष प्रचण्ड

    सगरमाथा चढेेर इतिहास रच्दै कतारी महिला

    सुरेन्द्र पाण्डे र घनश्याम भुसाल पनि ६ महिनाका लागि निलम्बित

    ओलीलाई भुसालको ११ पेजको स्पष्टीकरण : ‘तपाईँकै कारण पार्टी विसर्जनतर्फ जाँदैछ’

    नेपाल र रावललाई कारबाही गरेपछि झाँक्रीले ओलीलाई भनिन् : ‘हेक्का होस् ! पृथ्वी गोलो छ’

    घातक तुवाँलोले ढाक्यो वायुमण्डल : मौसममा तत्काल सुधार नहुने, सावधानी अपनाउन आग्रह

    ललिता निवासमा निर्माणका काम रोक्न भूमि व्यवस्था मन्त्रालयको पत्राचार

    जेलबाट रेशम चौधरीको विज्ञप्ती : जेलमा रहेपनि म सांसद हुँ (विज्ञप्तिसहित)

    नयाँ लहरको सम्भावना उच्च : स्वास्थ्य मापदण्डमा अनिवार्य पालना गर्न आग्रह

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑