सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । पछिल्लो २४ घण्टामा ६६ नयाँ कोरोनासंक्रमित थपिएका छन् । कुनै मृत्यु भएको छैन । थप गरिएका संक्रमितसहित् कुल संक्रमितको संख्या २ लाख ७४ हजार ७२१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा ५८ जना संक्रमितले स्वास्थ्य लाभ गरेका छन् । योसहित् स्वास्थ्य लाभ गर्नेको संख्या २ लाख ७० हजार ८८६ पुगेको छ ।
मन्त्रालयका अनुसार आजसम्ममा कोरोनाका कारण ३ हजार १० जनाको मृत्यु भएको छ । २१ लाख ९२ हजार ८३६ जनाको पिसिआर टेस्ट भएको छ ।
मन्त्रालयका अनुसार देशमा ८२५ सक्रिय संक्रमित रहेका छन् ।
देशमा दाेस्राे चरणकाे खाेप अभियान आजबाट सुरू भएकाे छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा