सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । भारत अध्ययनार्थ जान चाहने विधार्थी हरूको रोजाईमा हाल गुजरातको नाम अग्रपंक्तिमा आइरहेको छ। गुजरात भारतकै सम्पन्न प्रदेश, सुरक्षित, ब्यापारी केन्द्र र अनुकूल बातावरणका कारणले बस्न लायक उत्कृष्ट शहरको रुपमा चिनिएको छ।
यसै बिषयमा केन्द्रित रहेर इ-स्पट इन्टरनेसनल एजुकेशन कन्सल्टेन्सीले गुजरातमा अबस्थित स्वणिर्म युनिभर्सिटीलाई नेपालमा प्रबर्धन गर्ने भएको छ। यसै साता स्वणिर्म युनिभर्सिटीका भाइस प्रिसीडेन्ट आदी ॠषभ जैन, हेड अफ एड्मिसनस् अर्पित कुमार सोलन्की र इ-स्पट इन्टरनेसनल एजुकेशन कन्सल्टेन्सीका डाइरेक्टर साकार साहीले संयुक्त रूपमा स्वणिर्म युनिभर्सिटीको नेपाल अफिस समुद्घाटन गर्नु भएको थियो। उक्त कार्यक्रममा शैक्षिक परामर्श ब्यावसायी, उच्च ब्यक्तित्व र इ-स्पट इन्टरनेसनल एजुकेशन कन्सल्टेन्सीका शुभचिन्तक हरूको बाक्लो उपस्थिति रहेको थियो।
उक्त कार्यक्रममा युनिभर्सिटीका भाइस प्रिसीडेन्ट आदी ॠषभ जैनले स्वणिर्म युनिभर्सिटी, अन्तर्राष्ट्रिय बिध्यार्थी समुदाय र गुणस्तरीय शैक्षिक पद्दतीका बारेमा जानकारी गराउनु भएको थियो। कार्यक्रममा स्वणिर्म युनिभर्सिटी का हेड अफ एड्मिसनस् अर्पित कुमार सोलन्कीले स्वणिर्म युनिभर्सिटीले बिश्वभर मान्यता प्राप्त शैक्षिक कार्यक्रम हरू सञ्चालन गरि स्वणिर्म युनिभर्सिटीले स्टार्ट-अप र इनोभेसन मा गरिएको उपलब्धिका बारेमा जानकारी गराउनु भयो।
इ-स्पट इन्टरनेसनल एजुकेशन कन्सल्टेन्सीका डाइरेक्टर साकार साहीले नेपालमा गुणस्तरीय शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको इ-स्पट इन्टरनेसनल एजुकेशन कन्सल्टेन्सीले स्वणिर्म युनिभर्सिटीलाई नेपालमा प्रबर्धन गर्न पाउँदा निकै खुशी लागेको जानकारी गराउनु भयो।
उहाँले भन्नुभयो, “स्वणिर्म युनिभर्सिटीका बारेमा बिध्यार्थी र अभिभावक हरूले सजिलै यस कार्यालय बाट सेवा प्राप्त गर्न सक्नुहुनेछ “।
स्वणिर्म युनिभर्सिटी गुजरातकै उत्कृष्ट युनिभर्सिटीहरू मध्यमा पर्दछ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा