• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७८ बैशाख ८, बुधबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • धरहरामा सुनको जलप लगाइएको गजुर राखियो

      विषम परिस्थितिमा थप सक्रिय हुन प्रहरीलाई निर्देशन

      नौ महिनामा पूँजीगत खर्च ३० प्रतिशत

      चन्द्रागिरि केबलकारमा कोरोना सुई लगाएका यात्रुलाई २५ प्रतिशत छुट

      कन्सुलर सेवा विभागमा लिखत प्रमाणीकरणको नयाँ व्यवस्था

      कोरोना संक्रमितमध्ये १८० जनाको आइसियूमा, ४७ जनाको भेन्टिलेटरमा उपचार हुँदै

      बच्चामा काेराेना संक्रमण बढ्याे, नयाँ थपिए २ हजार ३५१ संक्रमित, १० जनाकाे मृत्यु

      कोरोना कहरबीच हलेसीमा रामनवमी मेला, दर्शनार्थी तथा भक्तजनको घुइँचो

      ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

      कोरोनाबाट हेटौँडा र वीरगञ्जमा मृत्यु

      भारतबाट फर्किएका एक युवकको कोरोना सङ्क्रमणबाट मृत्यु

      जसले भिडेरै चितुवा नियन्त्रणमा लिए !

      कोटेश्वर–कलङ्की खण्डमा ‘ट्राफिक बत्ती’ जडान गरिँदै

      एनसेल टावर छेउमा फेला परेको बम निष्क्रिय

      त्रिविद्वारा भर्चुअलबाट कक्षा लिन निर्देशन

    होमपेज /  प्रमुख समाचार

    राष्ट्रसंघीय शान्ति मिसनको प्रश्नपत्र 'लिक'

    सेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७३ चैत्र ४, शुक्रबार (४ साल अघि)
    अनुमानित पढ्ने समय : ९ मिनेट
    फाईल तस्विर

    काठमाडौं- संयुक्त राष्ट्रसंघको आह्वानमा विभिन्न देशमा खटिने नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारीको योग्यता परीक्षण गर्न बुधबार सशस्त्र प्रहरी बल हेडक्वार्टर हलचोकमा सञ्चालन गरिएको परीक्षाको प्रश्नपत्र पहिला नै ‘लिक’ भएको छ।

    राष्ट्रसंघीय शान्ति मिसनमा पठाइने प्रहरी र सशस्त्रका सुरक्षाकर्मीको योग्यता जाँच्न बुधबार लिइएको ‘अंग्रेजी सीप परीक्षण’ को प्रश्नपत्र परीक्षा सुरु हुनुभन्दा २ घन्टाअघि नै भाइबरमार्फत सार्वजनिक भएको हो।

    शान्ति मिसनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको योग्यता परीक्षण गर्न बुधबार हलचोकमा सञ्चालित ‘अंग्रेजी सीप परीक्षण’ प्रश्नपत्र दुई घन्टाअघि नै बाहिरिएको हो।

    परीक्षा सञ्चालन गर्न राष्ट्रसंघले अन्तर्राष्ट्रिय टोली नै पठाउँछ। परीक्षाको गोपनीयताका लागि उसले प्रश्नपत्र, अडियोलगायत सामग्री उतैबाट बनाएर ल्याउँछ।

    अंग्रेजी सीप परीक्षण, ड्राइभिङ, सुटिङ र अन्तर्वार्तामा विभिाजित परीक्षामध्ये अंग्रेजी सीप परीक्षण परीक्षा केन्द्र हलचोकस्थित  सशस्त्र प्रहरीको हेडक्वार्टर चयन गरिएको थियो। परीक्षाअघि नै सो विषयको  प्रश्नपत्र बाहिरिएको हो।

    अंग्रेजी भाषा सीप परीक्षणका लागि पहिलो टोलीका ४ सय जनाको परीक्षा समय दिउँसो १२ बजे तोकिएको थियो। प्रश्नपत्र बाहिरिन नदिन परीक्षा हलमा मोबाइल लैजानसमेत रोक लगाइएको थियो। तर, १० बजे नै प्रश्नपत्र परीक्षार्थीको मोबाइलमा पुगिसकेको थियो। स्रोतका अनुसार १० बजे भाइबरमार्फत परीक्षार्थीले प्रश्नपत्र पाएका थिए।

    दिउँसो ३ बजे दोस्रो टोलीको परीक्षा तोकिएको थियो। दोस्रो टोलीका लागि राष्ट्रसंघले तयार पारेको प्रश्नपत्र पनि परीक्षा सुुरु हुनुअघि नै सार्वजनिक भइसकेको थियो। दोस्रो टोलीको प्रश्नपत्र पनि भाइबरमार्फत परीक्षार्थीले पाएका थिए।

    परीक्षा लिन राष्ट्रसंघले युक्रेनी र अमेरिकीसहित ६ जनाको टोली नेपाल पठाएको थियो। उनीहरूले परीक्षा सामग्री आफूसँगै ल्याएका थिए। जानकार स्रोतका अनुसार परीक्षा सामग्रीको गोपनीयताका लागि राष्ट्रसंघले खटाएको टोलीले परीक्षा केन्द्रमा आवश्यक प्रश्नपत्र प्रिन्ट र फोटोकपी गरेको थियो। तर, जति गोपनीयता अपनाए पनि शान्ति मिसनमा सहभागी हुन चाहने दुबै सुरक्षा संगठनका सदस्यको योग्यता परीक्षाको प्रश्नपत्र सुरक्षित भएन। नागरिकले प्राप्त गरेको परीक्षाअघि बाहिरिएको प्रश्नपत्र कच्याककुचुक पारेर पछि सम्याएको देखिन्छ। एक व्यक्तिले हातले समातेर खिचिएको प्रश्नपत्रको पछाडि फोहोर देखिन्छ।

    परीक्षा समन्वय गर्न नेपाल प्रहरी प्रधान कार्यालयबाट प्रहरी अधिकृत खटिएका थिए। केन्द्र हलचोकमा रहेकाले परीक्षा सामग्रीको सुरक्षा र केन्द्रको सुरक्षा जिम्मेवारी सशस्त्रले लिएको थियो। स्रोतका अनुसार प्रश्नपत्र हलचोकमै प्रिन्ट र फोटोकपी गरिएको थियो।

    नेपाल प्रहरीका प्रवक्ता सर्वेन्द्र खनालले राष्ट्रसंघको शान्ति मिसनमा पठाउने सुरक्षाकर्मी छनोटका लागि सञ्चालित परीक्षाको प्रश्नपत्र परीक्षाअघि नै बजारमा गएको विषयमा जानकारी  नभएको बताए। राष्ट्रसंघीय शान्ति मिसनमा सहभागी हुन चाहने प्रहरी कर्मचारी छनोट परीक्षामा प्रहरीले समन्वय मात्रै गरेको बताउँदै उनले परीक्षा सामग्री सुरक्षा जिम्मेवारी जुन स्थानमा परीक्षा केन्द्र तोकिएको हो त्यहींको हुने बताए।

    ‘प्रहरीको युएन शाखाले परीक्षा लिन नेपाल आएको राष्ट्रसंघीय टोलीसँग आवश्यक समन्वय मात्र गर्ने हो, यो टोलीलाई पनि आवश्यक समन्वय गरिरहेका छौं,’ खनालले नागरिकसँग भने ‘बुधबारको परीक्षा नेपाल प्रहरीको जिम्मेवारी क्षेत्रभित्र नभएकाले के भयो, त्योबारे जानकारी छैन।’

    सशस्त्र प्रहरी बलका प्रवक्ता दिवाकर केसीले बुधबारको परीक्षास्थल सशस्त्र हेडक्वार्टरमा भएकाले सुरक्षा जिम्मेवारी पनि आफ्नो संगठनको भएको र सोही अनुसार सुरक्षा व्यवस्था गरेको जानकारी दिए। उनले पनि परीक्षाअगावै प्रश्नपत्र ‘लिक’ भएको भन्नेबारे जानकारी  नभएको  बताए। परीक्षा सामग्री राष्ट्रसंघीय टोलीले ल्याएको र उनीहरूले नै वितरण गरेकाले प्रश्नपत्रबारे केही जानकारी नहुने उनले बताए।

    ‘प्रश्नपत्र फोटोकपी सशस्त्रकोमै भए पनि अन्तर्राष्ट्रिय टोलीसँगै बसेर काम गर्ने र सो टोलीले नै लैजाने भएकाले त्यसमा हाम्रो कुनै भूमिका हुन्न,’ केसीले भने, ‘हामीलाई परीक्षा हलभित्र प्रवेश गर्ने अनुमतिसमेत हुन्न।’ राष्ट्रसंघमार्फत सशस्त्र प्रहरीका कर्मचारी सुडान र डार्फरमा खटिने गरेका छन्। त्यस्तै नेपाल प्रहरीका कर्मचारी हाइटी, सुडान र लाइबेरियामा खटिँदै आएका छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    पाल्पामा महिलामाथि जबर्जस्ती करणीको प्रयास

    कोरोना कहर : इटलीमा एक दर्जन सहर बन्द, प्रवेश र बहिर्गमनमा विशेष अनुमति चाहिने

    आठ जोडी बालबालिकाको विवाहमा रोक

    घुस लिएको अभियोगमा प्राविधिक पक्राउ

    खप्तड क्षेत्रमा हिमपात

    आफैमा अस्वस्थ टीकापुर अस्पताल, विकास समिति गठन भए संगै सुधारको अपेक्षा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    धरहरामा सुनको जलप लगाइएको गजुर राखियो

    विषम परिस्थितिमा थप सक्रिय हुन प्रहरीलाई निर्देशन

    नौ महिनामा पूँजीगत खर्च ३० प्रतिशत

    चन्द्रागिरि केबलकारमा कोरोना सुई लगाएका यात्रुलाई २५ प्रतिशत छुट

    कन्सुलर सेवा विभागमा लिखत प्रमाणीकरणको नयाँ व्यवस्था

    अख्तियारले स्टिङ अपरेशन गर्न नपाउने सर्वोच्च अदालतको फैसला

    आज राम नवमी पर्व मनाईंदै

    १७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि, ११ जनाको मृत्यु

    जिल्ला प्रशासन कार्यालय काठमाडौंको आयाे यस्ताे सूचना, लकडाउनकाे पूर्वसंकेत हाे ? सूचनासहित

    आईजीपी शैलेश थापाले गरे प्रहरी प्रधान कार्यालयमा मौलो पूजा

    धरहरामा सुनको जलप लगाइएको गजुर राखियो

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    नौ महिनामा पूँजीगत खर्च ३० प्रतिशत

    चन्द्रागिरि केबलकारमा कोरोना सुई लगाएका यात्रुलाई २५ प्रतिशत छुट

    सुनको भाउ एकै दिन १३ सय रुपैयाँले बढ्यो

    मेगा बैंकले माग्यो ७ वटै प्रदेश बाट विभिन्न पदका लागि ५६ जना कर्मचारी

    वैशाख २७ देखि कतारी रियालको कारोबार बन्द

    सेतोखबर बिशेष

    कोरोना भाइरस नेपालः अहिले देखिएको कोभिड-१९ को प्रवृत्ति ‘खतराको घण्टी’

    बिबिसि ।  नेपालमा अहिले कोरोनाभाइरस सङ्क्रमणको दर र त्यसबाट प्रभावित हुने उमेर समूहलाई लिएर सरकारी अधिकारीहरूले नै गम्भीर चिन्ता व्यक्त गरेका छन्। गत वर्षको भन्दा...  विस्तृतमा

    सरकारले भन्यो : कोरोना संक्रमण बढ्यो, रात्रिकालीन व्यवसाय बन्द गर्नू, यी हुन् १० बुँदे निर्णय

    देशभित्र र बाहिरका अनेक षडयन्त्र र प्रपञ्च विरुद्ध लडिरहेका छौंः अध्यक्ष प्रचण्ड

    सगरमाथा चढेेर इतिहास रच्दै कतारी महिला

    सुरेन्द्र पाण्डे र घनश्याम भुसाल पनि ६ महिनाका लागि निलम्बित

    ओलीलाई भुसालको ११ पेजको स्पष्टीकरण : ‘तपाईँकै कारण पार्टी विसर्जनतर्फ जाँदैछ’

    नेपाल र रावललाई कारबाही गरेपछि झाँक्रीले ओलीलाई भनिन् : ‘हेक्का होस् ! पृथ्वी गोलो छ’

    घातक तुवाँलोले ढाक्यो वायुमण्डल : मौसममा तत्काल सुधार नहुने, सावधानी अपनाउन आग्रह

    ललिता निवासमा निर्माणका काम रोक्न भूमि व्यवस्था मन्त्रालयको पत्राचार

    जेलबाट रेशम चौधरीको विज्ञप्ती : जेलमा रहेपनि म सांसद हुँ (विज्ञप्तिसहित)

    नयाँ लहरको सम्भावना उच्च : स्वास्थ्य मापदण्डमा अनिवार्य पालना गर्न आग्रह

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑