सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान कोरोना भाइरसविरुद्धको खोप लगाउनु भएको छ । त्रिवि शिक्षण अस्पताल पुगेर उहा र पत्नी राधिका शाक्यले पनि खोप लगाउनु भएको हो ।
खोप लगाएसँगै प्रधानमन्त्री ओलीले आइतबारदेखि मुलुकभर दोस्रो चरणको खोप अभियान पनि उद्घाटन गर्नुभयो । प्रधानमन्त्री ओलीसँगै मन्त्रीहरु, प्रधानमन्त्रीको सचिवालयका टोलीले पनि खोप लगाउनु भएको छ । प्रधानमन्त्री ओलीले खोप सुरक्षित रहेकाले सबैलाई लगाउन अपिल समेत गर्नुभयो ।
दोस्रो चरणको अभियानमा ६५ वर्षमाथिका वृद्धवृद्धालाई मात्रै कोरोना भाइरसविरुद्धको खोप दिन लागिएको हो । यसअघि ५५ वर्षमाथिका नागरिक, विद्यालयका शिक्षक, सार्वजनिक यातायातमा काम गर्ने चालक र सहचालकलाई कोरोनाविरुद्धको खोप लगाउने घोषणा गरिएको थियो ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा