सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बोलाउनु भएको संसदीय दलको बैठकमा १ सय १५ जना सांसद उपस्थित भएका छन । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको दलको बैठकमा १ सय १५ जना सांसद उपस्थित भएका हुन ।
बैठकपछि नेकपा राष्ट्रियसभाका प्रमुख सचेतक खीमलाल भट्टराईले सांसदहरुको उल्लेख्य उपस्थितिसँगै बैठक उत्साहपुर्ण ढंगले सम्पन्न भएको बताउनु भयो । ‘बैठकमा १ सय १५ जना सांसद सहभागी हुनुभयो, जसमा २४ जना राष्ट्रियसभा सदस्य उपस्थित हुनुभको छ, ९१ जना प्रतिनिधिसभा सदस्य उपस्थित हुनुभयो, केही अहिले पनि आउँदै पनि हुनुहुन्छ,’ भट्टराईले भन्नुभयो ।
बैठकमा प्रधानमन्त्रीसमेत रहनुभएका दलका नेता ओलीले भोलिसम्म सांसदको संख्या १ सय ३० कटने जानकारी दिनुभएको भट्टराईले बताउनु भयो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा