सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
ताप्लेजुङस्थित तमोर नदीमा निर्माणाधीन मध्यतमोर जलविद्युत् आयोजनाको सुरुङ मार्गमा काम गरिरहेका दुई मजदुरको माथिबाट झरेको ढुङ्गाले किचेर ज्यान गएको छ ।
ज्यान गुमाउनेमा उदयपुर घर भएका २२ वर्षीय अमर विश्वकर्मा र भोजपुर घर भएका २८ वर्षीय सन्तोष बानियाँ रहेका छन् । सुरुङभित्र काम गर्दै गरेको अवस्थामा आज दिउँसो करिब २ बजे माथिबाट झरेको ढुङ्गाले लागेर उनीहरुको घटनास्थलमा नै ज्यान गएको आयोजनाका करण गौतमले जानकरी दिए ।
थुम्बाबाट मित्लुङ निस्कने आउटलेट सुरुङभित्र उनीहरू काम गर्दै थिए । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा