सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
मेलम्चीको पानी काठमाडौँ आएपछि नयाँ र पुरानै वितरण प्रणालीबाट वितरण गरिनेछध्र तत्काल नयाँ पाइप लाइनबाट मात्रै सम्भव नहुने भएपछि आयोजना निर्देशनालय पुरानो वितरण प्रणालीबाट पनि वितरण गर्ने तयारीमा छ ।
मेलम्चीको सुरुङ परीक्षणका लागि पानी पथान्तरण भइरहेको छध्र परीक्षण सफल भए दुुई महिनापछि काठमाडौँ उपत्यकामा पानी आउनेछ ।
सुन्दरीजलमा आएको पानी प्रशोधन केन्द्रबाट चक्रपथका विभिन्न पानी ट्याङ्कीहरूमा पु¥याए् वित्ण प्रणालीबाट ग्राहकका धामा पठाइनेछ ।
मेलम्चीको पानी आएपछि पहिलो चरणमा प्रसारण लाइन र पाइप लाइन परीक्षण गरिने मेलम्ची खानेपानी उपआयोजना–२ आयोजना निर्देशनालयले जनाएको छ । करिब एक हप्ताको परीक्षणपछि नियमित रूपमा पानी वितरण हुनेछ ।
मेलम्चीको पानी घरघरमा वितरण गर्ने पाइप लाइन विस्तार तथा मर्मत गरी तयारी अवस्थामा राखिएको निर्देशनालयका उपनिर्देशक उज्ज्वल प्रजापतिले जानकारी दिउ ।
उन्का अनुसार नयाँ पाइप लाइन र पुरानै वितरण प्रणालीबाट तत्कालका लागि मेलम्चीको पानी वितरण गरिनेछ । मेलम्ची खानेपानी उपआयोजना–२ आयोजना निर्देशनालयले एक हजार १० किलोमिटर पाइप लाइन निर्माण गर्नुपर्नेमा ९८० किलोमिटर सम्पन्न गरेको छ । गोरखापत्र दैनिक
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा