सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधरणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनमा ल्याएको छ। कम्पनीले आज शुक्रबार (फागुन २१ गते) देखि कुल जारी पूँजीको ३० प्रतिशत अर्थात ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता शेयर निष्काशनमा ल्याएको हो।
कम्पनीले चुक्तापुँजीको ३० प्रतिशत बराबरको साधारण सेयर बिक्री गर्न लागेको हो ।
त्यसमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३० हजार कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत अर्थात ३ लाख ३० हजार कित्ता सामूहिक लागनीकोषहरुलाई सुरक्षित गरी बाँकी ५९ लाख ४० हजार कित्ता शेयरमा सर्वसाधारणको लागि निष्काशनमा ल्याएको हो।
कम्पनीको आइपीओमा छिटोमा फागुन २६ गते आवेदन दिन सकिनेछ। त्यस अवधिमा पर्याप्त आवेदन नपरेमा चैत ६ गतेसम्म आवेदन दिन सकिनेछ।
कम्पनीको आईपीओमा प्रतिशेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि ६६ हजार कित्तासम्मको लागि आवेदन दिन सकिनेछ।
कति दिने आवेदन ?
कम्पनीले सर्वसाधारणमा ६६ करोड रुपैयाँको ६६ लाख कित्ता शेयर मात्र बिक्रीमा ल्याएको छ। धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार हरेक आवेदकलाई १० कित्ताका दरले शेयर बाँडफाँड गर्दै जानुपर्ने हुन्छ। यसअनुसार गोलाप्रथाबाट ६ लाख ६० हजार जनाले न्यूनतम १० कित्ता शेयर पाउनेछन्। बाँकी आवेदकको हात खाली हुनेछ।
यसकारण कम्पनीको शेयरमा पनि १० कित्ता शेयर खरिदको लागि नै आवेदन दिनु उपयुक्त हुनेछ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा