सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडाैं । सरकाले प्रतिबन्धित नेकपा विप्लव समूहसँग गर्न लागेको राजनीतिक वार्ता स्वागतयोग्य भएको पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बताएका छन्।
बिहीबार एक ट्विट गर्दै जसपा अध्यक्षसमेत रहेका भट्टराईले यसरी नै सरकारले सांसद रेशम चौधरीलगायत थारू विद्रोहका सबै राजबन्दीलाई रिहाइ गर्नुपर्ने लेखेका छन्। भट्टराईले उनीहरूसँग पनि सार्थक वार्ता र तिनका माग पनि सम्बोधन हुनुपर्ने उल्लेख गरेका छन्।
उनले लेखेका छन्
सरकार र विप्लव समूहबीचको सम्झौता स्वागतयोग्य छ!यसरीनै सरकारले सांसद रेशम चौधरी लगायत थारूविद्रोहका सबै राजवन्दीहरूलाई रिहाइ गरेर उनीहरूसंग सार्थक वार्ता गरोस् र उनीहरूका माग सम्वोधन गरोस्! संक्रमणकालका समस्या राजनीतिक ढंगले मात्रै हल हुन्छन् है!नत्र जो होचो उसको मुखमा घोचो हुनेछ!
— Baburam Bhattarai (@brb1954) March 4, 2021
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा