सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौ । पछिल्लो २४ घण्टामा मुलुकमा थप ८७ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमणको पुष्टि भएको छ ।
३ हजार ३९९ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ८७ संक्रमित थपिएसँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ७४ हजार ३८१ पुगेको छ ।
कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ६२ जना निको भएर घर फर्किएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ६२ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ७० हजार ६०५ पुगेको छ ।
त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या ७ सय ६६ रहेको छ । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ५९ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ३९९ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल २१ लाख ७३ हजार ५११ जनाको पीसीआर परीक्षण भएको छ ।
यसै गरी पछिल्लो २४ घण्टामा कुनै १ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १० पुगेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा