सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
मोरङ– विराटनगर महानगरपालिकाले सेवाग्राहीलाई सहज ढंगले राजस्व कर तिर्ने व्यवस्थाका लागि मंगलबार अपराह्नदेखि अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ ।
नगरवासी करदाताले आफ्नो विवरण हेर्ने र कर भुक्तानीका लागि के–कति रकम भुक्तानी गर्नुपर्ने जानकारी उक्त अनलाइन पोर्टलमा आउने व्यवस्था गरिएको छ ।
कार्यालय वा वडा गई लाइनमा बस्नुपर्ने कार्यको अन्त्य गरी सहज ढंगले घरबाट भुक्तान गर्ने व्यवस्था मिलाइएको छ । महानगर प्रमुख भीम पराजुलीले उक्त प्रविधिबाट नगरवासीले सहजरूपले राजस्व बुझाउन सक्ने चर्चा गर्दै आगामी दिनमा यसमा थप सुविधा उपलब्ध गराउन आवश्यक सुझावका लागि आग्रह गरे ।
उनले अहिलेको व्यस्त दिनचर्याको अवस्थामा सेवाग्राहीले सहजरूपले अनलाइन पोर्टलबाट सेवा प्राप्त गर्ने बताउँदै नगरवासीलाई अन्य सेवासुविधा प्रदान गर्ने कार्यलाई निरन्तरता दिने प्रतिबद्धतासमेत व्यक्त गरे ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा