सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । दाहाल–नेपाल समूहको स्थायी समिति बैठकले संसदीय दलको नेताबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने निर्णय गरेको छ ।
बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले ओलीलाई संसदीय दलको नेताबाट हटाएर नेता फेर्ने निर्णय गरेको हो ।
स्थायी कमिटी बैठकले प्रधानमन्त्री ओलीको स्थानमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संसदीय दलको नेता चयन गर्ने निर्णय गरेको छ ।
त्यस्तै, बैठकले संसदीय दलको उपनेताबाट राजीनामा दिन सुवासचन्द्र नेम्वाङलाई पनि हटाउने निर्णय गरेको छ ।
स्थायी समितिको बैठकका निर्णयलाई केन्द्रीय कमिटी बैठकमा लगिनेछ ।
केन्द्रीय कमिटी बैठकले स्थायी कमिटीको निर्णय अनुमोदन गरेपछि बस्ने संसदीय दलको बैठकमा दाहाल–नेपाल समितिका नेताहरूले संसदीय दलको नेता फेर्ने प्रस्ताव राख्नेछन् ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा