सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाली बजारमा बुधवार सुन तथा चाँदीको मूल्य बढेको छ । स्थानिय बजारमा अघिल्लो कारोबारको दिन १ हजार ७०० ले घटेको सुनको भाउ बुधवार रू. ५०० उकालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाला सुन प्रतितोला रू. ८७ हजार ५०० मा कारोबार भएको छ । मंगलवार छापावाला सुनको मूल्य प्रतितोला रू. ८७ हजारमा कारोबार भएको थियो । मंगलवारको तुलनामा बुधवार छापावाला सुन प्रतितोला रू. ५०० ले बढेको हो ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ८७ हजार ५० मा कारोबार भइरहेको छ । मंगलवार तेजाबी सुन प्रतितोला रू. ८६ हजार ५५० मा कारोबार भएको थियो ।
यस्तै, बुधवार चाँदीको मूल्य पनि बढेको छ । मंगलवार प्रतितोला रू. एक हजार २९० मा कारोबार भएको चाँदी बुधवार प्रतितोला रू. एक हजार ३१५ मा कारोबार भइरहेको छ । मंगलवारको तुलनामा बुधवार चाँदीको मूल्य रू. २५ ले बढेको हो ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा