सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं,१८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली आज झापा र मोरङ जाँदै हुनुहुन्छ ।प्रधानमन्त्री ओली काठमाण्डौबाट पहिले झापा जाने कार्यक्रम रहेको छ ।
ओलीले बिर्तामोडमा बी एन्ड सी अस्पतालले बनाएको अत्याधुनिक पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्नुहुनेछ । त्यसपछि ओली मोरङको उर्लाबारी जाने कार्यक्रम छ ।
उर्लाबारी नगरपालिकाको रातोहोली खोल्सीको किनारमा ३० करोड लागतमा १३२ घर निर्माण हुने सो बस्ती बनेपछि नगरपालिकाका १०६ परिवार सन्थाल र २६ परिवार उराव जातिको जग्गा नभएक र २७ परिवार सन्थाल जाति प्रत्यक्ष लाभान्वित हुनेछन् । अहिले मन्त्रालयले रातोहोली खोल्सीको किनारमा २६ उराव र १०६ सन्थाल जातिको गरी कुल १३२ वटा घर निर्माण गर्न लागेको हो । पुरै वस्ती निर्माणका लागि ३० करोड रकम खर्च हुने जनाइएको छ ।
उर्लाबारीको उक्त कार्यक्रमसकिएपछि प्रधानमन्त्री ओली आजै साँझ विराटनगर विमानस्थल हुँदै काठमाडौँ फर्कने कार्यतालिका रहेको छ ।
बिबिसि । नेपालमा अहिले कोरोनाभाइरस सङ्क्रमणको दर र त्यसबाट प्रभावित हुने उमेर समूहलाई लिएर सरकारी अधिकारीहरूले नै गम्भीर चिन्ता व्यक्त गरेका छन्। गत वर्षको भन्दा... विस्तृतमा