सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, फागुन १७। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । उनले आज बिहान एम्स अस्पतालमा कोरोनाविरुद्धको खोप लगाएका हुन् ।
समाचार एजेन्सी एएनआईका अनुसार मोदीले स्वदेशमै उत्पादित कोभ्याक्सिन खोपको पहिलो डोज लिएका हुन् । कोभ्याक्सिन भारतीय कम्पनी वायोटेकले उत्पादन गरेको हो
भ्याक्सिन लगाएपछि प्रधानमन्त्री मोदीले ट्वीटरमा लेखेका छन्, ‘आउनुहोस् मिलेर भारतलाई कोभिड(१९ बाट मुक्त बनाऔं ।’ मोदीले भारतका डाक्टर र वैज्ञानिकहरुले कोभिड १९ विरुद्धको लडाइँलाई मजबुत बनाउन तीव्र रुपमा काम गरिरहेको भन्दै प्रशंसा पनि गरेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा