सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बारा । सिम्रौनगढ नगरपालिका वडा नम्बर–४ हरिहरपुर टोलमा पोखरी खन्ने क्रममा भगवान् विष्णुको १३ औँ शताब्दी जस्ताे देखिने प्राचीन मूर्ति फेला परेको छ । पोखरी खन्दा फेला परेको मूर्ति आकर्षक र भव्य रहेको छ ।
स्थानीय किसुन्दर महतो कोईरीको खेतमा माछापालनको लागि जेसिबी मार्फत पोखरी खन्ने क्रममा प्राचिन मूर्ति फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक दीपेन्द्र शाहीले बताउनुभयो । कालो रङ्गको ढुङ्गाको उक्त मूर्तिलाई सोही ठाउँमा रहेको महादेव मन्दिरमा राखिएको प्रहरी उपरीक्षक शाहीले जानकारी दिनुभयो ।
खेत खन्ने क्रममा ऐतिहासिक सिम्रौनगढ क्षेत्र आसपासमा यसअघि पनि प्राचिन देवी, देउताहरुको मूर्ति फेला पर्दै आएकोले यसको संरक्षणको लागि सरकारले ध्यान दिनुपर्ने माग सिम्रौनगढबासीले गरेकाछन् ।
फेला परेको मूर्ति सात फिट लामो र चार फिट चौडाई भएको १३ औँ शताब्दीको मूर्तिको पुनः प्रतिस्थापनका लागि स्थानीयहरुले सोही वडामै राख्न भित्री रुपमा मनसाय बनाएको वडा नम्बर–४ का वडा अध्यक्ष राजेशप्रसाद यादवले बताउनुभयो । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा