सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका सहित कुल मृतकको संख्या २,७७४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा नयाँ ७८ संक्रमित थपिएका छन् । योसहित कुल संक्रमितको संख्या २,७४,१४३ पुगेको छ । यस्तै निको हुने ८२ सहित कुल डिस्चार्ज हुनेको संख्या २,७०,४०७ पुगेको छ ।
अहिले देशमा सक्रिय संक्रमितको संख्या ९६२ रहेको छ ।
देशमा आजसम्म पिसिआर गर्नेको संख्या २१,६२,९३६ पुगेको छ । देशमा ९६२ जना आइसोलेशन र ६८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा