• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७८ बैशाख ६, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • एमालेबाट गृहमन्त्री बनेका बादलले पहिलो पटक दौरासुरुवालमा लिए शपथ

      भाेलीबाट कक्षा १ देखि ५ सम्मकाे पठनपाठन बन्द

      तत्काल सरकार परिवर्तन हुँदैन : मुख्यमन्त्री भट्ट

      डाँका मुद्दाका ५ फरार प्रतिबादी पक्राउ

      २४ घण्टामा १०९६ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकाका मात्रै ४३५

      भारतमा पछिल्लो २४ घन्टामा साढे दुई लाखभन्दा बढी संक्रमित, १५०० को मृत्यु

      भारतबाट फर्किए पूर्वराजा ज्ञानेन्द्र, केही दिन होमक्‍वारेन्टाइनमै बस्‍ने

      भक्तपुरमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

      उदयपुर गढीमा खानेपानीको हाहाकार

      एमाले नेता रामबहादुर थापा गृहमन्त्रीमा पुनः नियुक्त, आजै साँझ सपथग्रहण

      अयोध्याधामको आधिकारिकता प्रमाणित गर्नुपर्छ : प्रचण्ड

      ‘एमसिसी सम्झौताप्रति काँग्रेस सकारात्मक’

      आइतबार सुनको मूल्य बढ्यो, चाँदी स्थिर

      बाख्राफार्ममा आगलागी हुँदा ६० लाखको क्षति

      भोजपुर–चखेवा भञ्ज्याङ सडक कालोपत्र ९५ प्रतिशत सम्पन्न

    होमपेज /  बागमति प्रदेश

    हेटौँडाका खानेपानी वितरणमा चमत्कारिक परिवर्तन

    रासस

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७७ फागुन १६, आईतबार (१ महिना अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
    फाईल तस्विर

    हेटौंडा । हेटौँडा खानेपानी व्यवस्थापन बोर्डले आफ्नो उत्पादनलाई वृद्धि गरी दैनिक एक करोड ७१ लाख ५० हजार लिटर पुर्याएको छ । बोर्डले पछिल्लो समय दैनिक २७ लाख लिटर पानी वितरण गर्न मिल्ने समवेल समेत शुभारम्भ गरेको छ ।

    मकवानपुरको भीमफेदी गाउँपालिकास्थित रामरीमा रहेको नेपाली सेनाको मध्य पृतना, हेडक्वाटरको जग्गामा रु एक करोड २५ लाख लगानीमा समवेल निर्माण गरिएको बोर्डका अध्यक्ष प्रताप विष्टले जानकारी दिए । बोर्डले हेटौँडा उपमहानगरपालिकाअन्तर्गत आठ वडाका सबै भू–भाग र वडा नं १, १४, १५, १६, १७ र १९ का केही भू–भागमा बसोबास गर्ने १८ हजार ६०० घरधुरीका एक लाख ३५ हजार नगरवासीलाई बिहान साँझ गरी दैनिक सरदर छदेखि सात घण्टा पानी वितरण गरिरहेको छ । उनले अठार हजार ५०० धाराबाट दैनिक एक करोड ४१ लाख ५० हजार लिटर खानेपानी उत्पादन गरी वितरण गर्दै आइरहेकामा २७ लाख लिटर थपिएको बताए ।

    सेनाले आफ्नो जग्गामा खानेपानीको समवेल निर्माण गर्न दिएर नागरिकमा गुन लगाएको उनले बताए । मध्यपृतनापति उपरथी अशोकराज सिग्देल क्षेत्रीले सेनाको जग्गा आम नेपालीको जग्गा भएकोले खानेपानीको समवेल निर्माणका लागि जग्गा उपलब्ध गराएको जानकारी दिए । समवेलको निर्माणपछि आफ्ना तीन हजार सेनाका जवानले समेत पानी खान पाएको उनको भनाइ थियो ।

    बोर्डका कार्यकारी प्रमुख सुदर्शन ढकालले उपमहानगरको खानेपानीको मागलाई सम्बोधन गर्ने जानकारी दिए । उनका अनुसार पछिल्ला केही वर्षदेखि उपमहानगरमा खानेपानीको समस्या छैन । बजार विस्तार हुनेक्रमअनुसार दैनिक तीनदेखि पाँच वटासम्म नयाँ धारा जडान गर्नुपर्ने भएका कारण खानेपानी वितरणको क्षमतालाई वृद्धि गर्नुपर्ने भएको हो ।

    “उपमहानगरपालिका विस्तार भएसँगै थप भएका वडामा खानेपानीको पहुँच पुर्याउनुपर्ने दायित्व बोर्डको रहेको छ” उनले भने । बोर्डको निरन्तरको सक्रियताका कारण खानेपानीको चरम अभाव झेलेको हेटौँडामा खानेपानी प्रशस्त हुँदै गएको छ । विगतमा हेटौँडामा खानेपानीको चरम अभाव हुने गरेको थियो । हेटौंडाको खानेपानी कार्यालय अगाडि पानीको माग गर्दै दैनिकजसो आन्दोलन र प्रदर्शन हुन्थ्यो । खानेपानीका कर्मचारीमाथि हातपातका घटनासमेत हुने गरेको थियो । बजारमा कर्मचारीले आफूलाई खानेपानीको कर्मचारीका रुपमा परिचय दिँदैन थिए ।

    सुख्खा याममा पानीका स्रोत सुक्नाले पानीको कमी हुन्थ्यो भने वर्षायाममा पानीको झन् ठूलो समस्या हुन्थ्यो । वर्षासँगै आउने भेल खानेपानीको मुहानमा पस्ने र पानी धमिलो हुने समस्याले हेटौँडालाई धेरै सताएको थियो । अहिले अध्यक्ष एवं वरिष्ठ पत्रकार विष्टको नेतृत्वमा रहेको हेटौँडा खानेपानी व्यवस्थापन बोर्ड तथा उपमहानगरको निरन्तर मेहनत, लगनशीलता र इमानदारीका कारण काकाकुल बनेको हेटौँडालाई पर्याप्त र शुद्ध खानेपानी सेवाको सुविधा सहज भएको हो । खानेपानी संस्थानमार्फत खानेपानी बोर्डलाई हस्तान्तरण भएर आएपछि हेटौंडाको खानेपानी वितरणमा चमत्कारिक परिवर्तन आएको हो ।
    बोर्डलाई हस्तान्तरण हुनुअघि हेटौँडामा खानेपानी संस्थानका करीब आठ हजार ग्राहक थिए । कर्मचारी थिए ७० जना बोर्डले धाराको सङ्ख्या बढायो भने कर्मचारीको सङ्ख्या घटायो ।

    हेटौँडा खानेपानीको इतिहास

    हेटौँडा खानेपानीको इतिहास एउटा कुवाबाट शुरु भएको थियो । खानेपानी बोर्डका सूचना अधिकारी सञ्जय न्यौपानेका अनुसार यसबेला पानी खानका लागि विभिन्न ठाउँमा कुवा बनाइएका थिए । हेटौँडा–१ स्वर्गलोक, जरुवा टोल, पिप्ले, कर्रा, गर्दोई सानो पोखरालगायतका ठाउँमा स्थानीय व्यक्तिले निर्माण गरेको साधारण कुवा थिए । मानिसले तिनै कुवाका पानीबाट खानेपानीको निर्वाह चलाएका थिए । पछि हेटौंडाको बस्ती विस्तारसँगै हेटौँडा–२ त्रिभुवन राजपथको टुल्के धारा (हाल तिरतिरे धारा) बाट पाइपका माध्यमबाट पानीको व्यवस्थापन गरिएको थियो ।

    सानो बस्तीका रुपमा रहेको हेटौँडा बजारीकरणतर्फ लम्कँदै थियो । बसोबास बढेसँगै बिस्तारै घर बढ्दै गए र मानिसको आवश्यकता पनि बढ्दै गयो । हेटौँडा खानेपानी विभागबाट २०२४ सालमा हेटौँडा–२ हरिकुञ्जमा पाँच लाख ४६ हजार लिटर क्षमताको ट्याङ्की निर्माण गरी तत्कालीन हेटौंडाबाट छ किलोमिटर टाढा भैंसे गाउँ पञ्चायत (हाल भीमफेदी गाउँपालिका) वडा नं ७ बुङ्गदोलबाट आठ इञ्चको पाइपबाट पानी ल्याएर हेटौँडालाई पानी खुवाउने कार्यको शुरुआत गरिएको थियो । करीब एक हजार ३०० धारा जडान गरी खानेपानी विभागबाट दिइँदै आएको सेवाको २०४० बाट भने व्यवस्थापन परिवर्तन भई खानेपानी तथा ढल निकास संस्थानबाट यसको व्यवस्थापन हुन गयो । पछि २०४३ सालमा हरिकुञ्जमै पाँच लाख लिटर क्षमताको अर्को ट्याङ्की र कार्यालय भवन निर्माण भयो । साथै हेटौँडा–४ कर्रामा दुई वटा बेल निर्माण भएको थियो ।

    विसं २०४६ मा संस्थाको नाम परिवर्तन गरी नेपाल खानेपानी संस्थान राखी हेटौँडा आम उपभोक्तालाई खानेपानीको सेवा दिइँदै आएको थियो । सेवा क्षेत्र विस्तार गर्ने क्रममा २०५० मा हेटौँडा–८ कमाने र २०५८ मा हेटौँडा–९ लामसुरेका बासिन्दाले सञ्चालन गरेको खानेपानी सेवा प्रणाली यस संस्थानमा गाभियो पछि हेटौँडा विकसित बन्दै र बजार बढ्दै गयो ।

    व्यापक जनसङ्ख्या वृद्धि भएपछि खानेपानीको माग पनि अत्यधिक हुँदै गयो । उपभोक्ताको मागअनुरुप नेपाल खानेपानी संस्थानले खानेपानी सङ्कलन, उत्पादन र वितरण गर्न सकेन र हेटौँडामा पानीको समस्या दिनानुदिन बढ्दै जान थाल्यो ।

    नगरमा खानेपानी समस्या बढ्दै गएपछि हेटौँडा नगरपालिकाका तत्कालीन प्रमुख डोरमणि पौडेलको पहलमा नगरपालिकाले एशियाली विकास बैंकको ऋण तथा अनुदान सहयोगमा करीब रु १९ करोड बराबरको आयोजना सम्पन्न गर्यो । यस योजनाले भने हेटौँडालाई केही राहत दियो यद्यपि हेटौंडाको खानेपानीको माग तीव्र गतिमा वृद्धि हुँदै थियो ।

    मधेश आन्दोलनपछि हेटौँडामा बसाइँ सराइका कारण खानेपानीको माग दोब्बर भयो । खानेपानी व्यवस्थापन बोर्ड ऐन २०६३ को दफा ३५ ले दिएको अधिकार प्रयोग गरी हेटौँडा खानेपानी व्यवस्थापन बोर्ड गठन भयो । बोर्डले २०६४ सालदेखि नै आफ्नो क्रियाकलाप अगाडि बढाउँदै गएको अवस्था थियो ।

    सरकारको निर्णयबमोजिम नेपाल खानेपानी संस्थान हेटौँडा शाखा विधिवत्रुपमा २०७० जेठ ८ गतेका दिन हेटौँडा खानेपानी व्यवस्थापन बोर्डमा हस्तानान्तरण भएको र यसै दिनदेखि बोर्डले विधिवत्रुपमा हेटौँडा नगरक्षेत्रको खानेपानी वितरण प्रणाली सञ्चालन गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    रसुवामा डढेलोले २५ हेक्टर जङ्गल नोक्सान

    हेटौँडा अस्पतालमा क्यान्सर पत्ता लगाउनका लागि परीक्षण सेवा

    देवघाटमा स्नान गर्नेको भीड

    साबुन र पानीसँग नियमित खेल्छन् विद्यार्थी

    काभ्रेमा लालपुर्जा वितरण अन्योल

    पाटेबाघको अस्थिपञ्जर फेला

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    एमालेबाट गृहमन्त्री बनेका बादलले पहिलो पटक दौरासुरुवालमा लिए शपथ

    भाेलीबाट कक्षा १ देखि ५ सम्मकाे पठनपाठन बन्द

    तत्काल सरकार परिवर्तन हुँदैन : मुख्यमन्त्री भट्ट

    डाँका मुद्दाका ५ फरार प्रतिबादी पक्राउ

    २४ घण्टामा १०९६ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकाका मात्रै ४३५

    एमालेबाट गृहमन्त्री बनेका बादलले पहिलो पटक दौरासुरुवालमा लिए शपथ

    भारतबाट फर्किए पूर्वराजा ज्ञानेन्द्र, केही दिन होमक्‍वारेन्टाइनमै बस्‍ने

    एमाले नेता रामबहादुर थापा गृहमन्त्रीमा पुनः नियुक्त, आजै साँझ सपथग्रहण

    अयोध्याधामको आधिकारिकता प्रमाणित गर्नुपर्छ : प्रचण्ड

    गृहमन्त्री रामबहादुर थापाको पनि सांसद पद गयो

    एमालेबाट गृहमन्त्री बनेका बादलले पहिलो पटक दौरासुरुवालमा लिए शपथ

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    आइतबार सुनको मूल्य बढ्यो, चाँदी स्थिर

    फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    चीनको चमत्कार : महामारीबीच जिडिपीमा १८.३ प्रतिशतको वृद्धि

    चीनको अर्थतन्त्रमा तिव्र सुधार, पहिलो त्रैमासमा जिडिपी १८.३ प्रतिशत वृद्धि

    सुपारी, केराउ, मरिच र छोकडा आयातको कोटा स्थगित

    सेतोखबर बिशेष

    कोरोना भाइरस नेपालः अहिले देखिएको कोभिड-१९ को प्रवृत्ति ‘खतराको घण्टी’

    बिबिसि ।  नेपालमा अहिले कोरोनाभाइरस सङ्क्रमणको दर र त्यसबाट प्रभावित हुने उमेर समूहलाई लिएर सरकारी अधिकारीहरूले नै गम्भीर चिन्ता व्यक्त गरेका छन्। गत वर्षको भन्दा...  विस्तृतमा

    सरकारले भन्यो : कोरोना संक्रमण बढ्यो, रात्रिकालीन व्यवसाय बन्द गर्नू, यी हुन् १० बुँदे निर्णय

    देशभित्र र बाहिरका अनेक षडयन्त्र र प्रपञ्च विरुद्ध लडिरहेका छौंः अध्यक्ष प्रचण्ड

    सगरमाथा चढेेर इतिहास रच्दै कतारी महिला

    सुरेन्द्र पाण्डे र घनश्याम भुसाल पनि ६ महिनाका लागि निलम्बित

    ओलीलाई भुसालको ११ पेजको स्पष्टीकरण : ‘तपाईँकै कारण पार्टी विसर्जनतर्फ जाँदैछ’

    नेपाल र रावललाई कारबाही गरेपछि झाँक्रीले ओलीलाई भनिन् : ‘हेक्का होस् ! पृथ्वी गोलो छ’

    घातक तुवाँलोले ढाक्यो वायुमण्डल : मौसममा तत्काल सुधार नहुने, सावधानी अपनाउन आग्रह

    ललिता निवासमा निर्माणका काम रोक्न भूमि व्यवस्था मन्त्रालयको पत्राचार

    जेलबाट रेशम चौधरीको विज्ञप्ती : जेलमा रहेपनि म सांसद हुँ (विज्ञप्तिसहित)

    नयाँ लहरको सम्भावना उच्च : स्वास्थ्य मापदण्डमा अनिवार्य पालना गर्न आग्रह

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑