सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । आफूमाथि परेको अवहेलना मुद्दामा लिखित जवाफ पेस गर्न पूर्वप्रधानमन्त्री तथा विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सर्वोच्च अदालत जाँदै छन् ।
लिखित जवाफसहित आफैं उपस्थित हुन सर्वोच्च अदालतले आदेश दिएपछि प्रचण्ड आइतबार (आज) ११ बजे सर्वोच्च जान लागेका हुन् । प्रचण्डविरुद्ध अधिवक्ता समिर हायुले न्यायाधीशलाई धम्की दिएर अवहेलना गरेको भन्दै रिट दायर गरेका थिए ।
प्रचण्डले विराटनगरको सभामा प्रतिनिधिसभा अदालतले पुनःस्थापना नगरे सभामुखमार्फत बैठक बोलाएर केपी ओलीलाई कारबाही गर्ने बताएका थिए । उनले अदालतप्रति भरोसा भए पनि सेटिङको प्रश्न समेत उठाउँदै अभिव्यक्ति दिएपछि हायुले अवहेलना मुद्दा चलाउन निवेदन दिएका हुन् ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओली सहित चार पूर्वप्रधानन्यायाधीश र पूर्व सभामुख दमननाथ ढुंगानाविरुद्ध परेको अवहेलना मुद्दामा पनि सोही प्रकृतिको आदेश जारी गरेको थियो ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा