सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
झापाको दमक नगरपालिकामा कुहिने फोहोर प्रशोधन गरेर ऊर्जा उत्पादन गर्न धमाधम काम अगाडि बढेको छ । फोहोरबाट ऊर्जाअन्तर्गत ग्यास, प्राङ्गारिक मल र झोल मल उत्पादन गरिने योजना रहेको दमक नगरपालिका वातावरण शाखा प्रमुख ज्ञानेन्द्र चौधरीले बताए ।
यसका लागि फोहोर प्रशोधन केन्द्र स्थापना गरिएको छ । दमक–३ स्थित हम्सेदुम्से सामुदायिक वन क्षेत्रभित्र स्थापना गरिएको प्रशोधन केन्द्रमा नगरको फोहोर लगेर अजैविक अर्थात् प्लास्टिकयुक्त र जैविक तथा कुहिने वर्गको फोहोर छुट्याइन्छ ।
यसरी छुट्याइएको फोहोरमध्ये जैविक फोहोरलाई ठूलो ट्याङ्कीमा हालेर १५ दिनसम्म कुहाइन्छ । यसरी कुहिएको फोहोरबाट मिथेन बायोग्यास उत्पादन हुन्छ ।
उत्पादन भएको ग्यासलाई प्रशोधन गरी ग्यास पाइप अर्थात् सिलिन्डरमार्फत वितरण गरिने प्रमुख चौधरीले बताए । गोरखापत्र दैनिक
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा