सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । सरकारले फागुन २३ गते प्रतिनिधधिसभाको बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकको निर्णय अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले २३ गते बैठक बस्नेगरी राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्नु भएको हो ।
मन्त्रिपरिषदको सिफारिसमा गत पुष ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको विघटन गर्नुभएको थियो । तर उक्त संसद विघटनलाई सर्वोच्च अदालतले फागुन ११ मा बदर गरिदिएको थियो । सर्वोच्चको फैसलामा सरकारलाई १३ दिनभित्र संसद बैठक सुचारु गर्न आदेश समेत दिएको थियो ।
सोही आदेशलाई पालना गर्दै प्रधानमन्त्री ओलीले संसद बैठकको आह्वान गर्दै राष्ट्रपतिसमक्ष सिफारिस गर्नुभएको हो ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा