सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नकेपाको संसदीय दलको प्रमुख सचेतकमा बिशाल भट्टराईलाई नियुक्त गरेका छन् । यसअघि प्रमुख सचेतक रहेका देव गुरुङलाई हटाएर उनले शुक्रबार भट्टराईलाई नियुक्त गरेका हुन् ।
संसदीय दलमा आफु अनुकुल माहोल बनाउन उनले गुरुङलाई हटाएका छन् । दाङबाट दुईपटक निर्वाचित सांसद भट्टराई नेकपा केन्द्रीय सदस्य समेत हुनुहुन्छ ।
नेकपाको बिधानमा दलको नेताले उपनेता, प्रमुख सचेतक र सचेतक मनोयन गर्ने व्यवस्था रहेको छ । पार्टी विभाजनले कानुनी मान्यता नपाइसकेको अवस्थामा विधिवत रुपमा नेकपाको संसदीय दल एउटै छ । सो दलबाट प्रमुख सचेतक गुरुङ र सचेतक शान्ता चौधरी हुनुहुन्थ्यो । चौधरी सचेतकमा यथावत हुनुहुन्छ ।
प्रतिनिधि सभा बिघटन अघि नै ओलीले गुरुङको राजीनामा मागेका थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा