सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा पुनःस्थापना भएपछि मन्त्रिपरिषदको बैठक बोलाएका हुन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ५ बजे बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए । उनका अनुसार आजको बैठकले प्रतिनिधिसभा बैठक आह्वानका लागि राष्ट्रपति कार्यालयलाई सिफारिस पठाउन सक्ने सम्भावना छ ।
सर्वाेच्च अदालतले संसद विघटन असंवैधानिक ठहर गर्दै बदर गर्न र १३ दिनभित्र संसद बैठक आह्वान गर्न निर्देशनात्मक आदेश दिएको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा