सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडाैं । शेयर बजार मापक नेप्से सूचक १२ अंकले बढेर २५९९.०७ विन्दुमा पुगेको छ । यस दिन सेन्सेटिभ सूचक पनि २.४० अंकले बढेर ४७०.३४ विन्दुमा पुगेको छ ।
बुधबारको बजारमा सबैभन्दा धेरै कारोबार हुने नेपाल बैंकको ५८ करोड बराबरको कारोबार हुँदा दोस्रो उच्च कारोबार हुने निफ्राको ५५ करोड ९९ लाख बराबरको कारोबार भएको छ ।
बुधबारको शेयर कारोबारमा नेप्सेको शेयर कारोबार प्रणाली टिएमएसमा समस्या आउँदा एक घण्टा बढी नेपाल पूर्वाधार विकास बैंक (निफ्रा) को कारोबार रोकिएको भएपनि ५६ करोड बराबरको कारोबार भएको छ । यस दिन नेपाल इन्फ्रास्टक्चर बैंकको शेयरमूल्य सबैभन्दा धेरै ५.३९ प्रतिशतले घटेको छ ।
६ अर्ब ७० करोड रुपैयाँको शेयर किनबेच भएको बजारमा बैंकिङ, ब्यापार, होटल, विकास बैंक, फाइनान्स, निर्जीवन बीमा, माइक्रोफाइनान्स, जीवन बीमा र उत्पादन समूह बढेका छन् । जलविद्युत र अन्य समूह घटेका छन् ।
यस दिन २०४ वटा कम्पनीको १ करोड ६७ लाख २६ हजार ४७२ कित्ता शेयर ६ अर्ब ७० करोड १८ लाख ७२ हजार ४३९ रुपैयाँमा खरिद बिक्री भएको छ । यस दिन आइएमई जनरल इन्स्योरेन्सको मूल्य १० प्रतिशतले बढ्यो । नेपाल फाइनान्स, चन्द्रागिरि हिल्सको मूल्य पनि करिब १० प्रतिशतले नै बढेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा