सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राखिएको छ ।
बुधबार मन्दिरमा राष्ट्रपति विद्यादेवी भण्डारीले क्षमा पुजा गरेपछि सुनको जलहरी राखिएको हो ।
गत महिना पशुपतिनाथमा पूजा गर्न जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीले सुनको जलहरी राख्ने घोषणा गर्नुभएको थियो ।
पशुपतिनाथमा रहेको चाँदीको जलहरी जिर्ण भएकोले त्यही चाँदीको जलहरीलाई सुनको आवरणले ढाकेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
१ सय ८ किलोको सुनको जलहरी राख्नका लागि ८० करोड रुपैँया खर्च भएको कोषले जनाएको छ ।
सुनको जलहरी राख्नका लागि विगत पाँचदिन अघिदेखि पशुपतिनाथमा विधिपूर्वक पुजाआजा भइरहेको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा