सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेकपा अध्यक्षद्वय प्रचण्ड र माधव नेपाल तथा कांग्रेस सभापति शेर बहादुर देउवाबीच भेटवार्ता हुँदैछ ।
उनीहरू देउवा निवास बुढानिलकण्ठमा भेटवार्ता हुन लागेको देउवाका सहयोगी भानु देउवाले बताए । उनीहरूबीच संसद् पुनःस्थापनापछिको राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ ।
चितवनको सभालाई सम्बोधन नगरि प्रचण्ड र नेपाल बुधबार विहान १०ः४५ बजे बुद्ध एयरमार्फत काठमाडौं फर्किसकेका छन् । बुधबार चितवनमा हुने विरोध सभालाई सम्बोधन गर्न मंगलबार प्रचण्ड र नेपाल चितवन गएका बेला सर्वोच्च अदालतले संसद पुनःस्थापना गर्ने निर्णय गरेको थियो ।
पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि उक्त कदमलाई प्रचण्ड–नेपाल पक्ष र नेपाली कांग्रेसले असंवैधानिक र अलोकतान्त्रिक कदम भनेका थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा