सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । अभिनेत्री वर्षा सिवाकोटी ‘कालीपुरुष’ मा अनुबन्धित भएकी छन् ।
फिल्म राघव आचार्यले निर्देशन गर्न लागेका हुन् । ‘कालीपुरुष’ अहिलेलाई राखिएको फिल्मको टाइटल हो । काम गर्दैजादा फिल्मको नाम परिवर्तन पनि हुन सक्ने निर्माण युनिटले जनाएको छ ।
मानकृष्ण महर्जनको छायाँंकन रहने ‘कालिपुरुष’मा नव–नायक रमेश बाँनियाको पनि मुख्य भूमिका रहनेछ । फिल्मको अन्य टिम समेत छनौटको क्रममा रहेका छन् ।
सस्पेन्स थ्रिलर कथामा निर्माण हुन लागेको यो फिल्म इभाना इन्टरटेन्मेन्टको ब्यानरमा बन्न लागेको हो । फिल्मको छायाँकन फागुणको अन्तिम साताबाट सुरु बताइएको छ ।
हालै ‘परदेशी २’को छायांकन सकाएकी वर्षा पछिल्लो समय व्यवसायमा पनि आवद्ध छिन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा