सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिन फिङले यसै वर्ष भारत भ्रमण गर्नेे अपेक्षा गरिएको छ । भारतमा आयोजना हुने ‘ब्रिक्स’ सम्मेलनमा सहभागी हुन चिनियाँ राष्ट्रपति सी जिनफिङ आउन सक्ने भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
भारतीय अखबार टाइम्स अफ इन्डियाको अनलाइन संस्करणले उनको भ्रमण कोभिड १९ को स्थितिमा निर्भर हुने उल्लेख गरेको छ । करिब ११ महिनादेखिको सीमा क्षेत्रको तनाबले दुबै देशको सम्बन्ध चिसिएको थियो ।
गत जुन महिनामा भारत र चिनियाँ सैन्यबीच गलवान उपत्यकामा भएको भिडन्तमा दुबै तर्फका दर्जनौं सैनिक मारिएका थिए । भारतले ब्रिक्स सम्मेलनको सचिबालय गत् साता उद्घाटन गरेको थियो । चिनियाँ विदेश मन्त्रालयले भारतससहित ब्रिक्सका अन्य सदस्य राष्ट्रहरुसँग विभिन्न क्षेत्रमा सम्बन्ध सुदृढ बनाउन उत्सुक रहेको प्रतिक्रिया दिएको छ ।
सीमा विवादले ब्रिक्स सम्मेलनलाई प्रभाबित पार्ने सम्बन्धमा राखिएको जिज्ञासामा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले ब्रिक्स सम्मेलनको आयोजनालाई लिएर भारतको समर्थन जनाएको प्रतिक्रिया दिए । उनले चीन सधैं ब्रिक्सका सदस्य राष्ट्रहरुसँग ‘आर्थिक, राजनीतिक र मानवीय’ सहयोग र समन्वयका लागि तत्पर रहने बताए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा