सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
संखुवासभा । चैनपुरमा रहेको श्रेष्ठ आयल सप्लायर्समा आगजनी हुँदा पूर्णरुपमा जलेर नष्ट भएको छ । चैनपुर–७ मा रहेको सप्लायर्समा आज बिहान आकस्मिक रुपमा आगजनी हुँदा त्यहाँ कार्यरत कर्मचारी सविन श्रेष्ठसमेत घाइते भएका छन् ।
उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । अहिले आगो नियन्त्रणका लागि चैनपुरस्थित सम्पूर्ण सुरक्षाकर्मीहरु परिचालन गरिएको छ । यसैगरी सप्लायर्ससँग जोडिएको राउत कम्प्लेक्सको बिल्डिङसमेत आगजनीबाट क्षति भएको छ ।
कम्प्लेक्ससँगै जोडिएको रेडियो अरुण, टच हेल्पिङ ह्यान्ड पोलिक्लिनिक, शुभ होटेललगायत बिल्डिङमा समेत आगजनीबाट सामान्य क्षति भएको छ । आगलागीको कारण खुल्न सकेको छैन ।
काठमाडौं । नेपाल सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच तीन बुँदे सहमतिमा हस्ताक्षर भएको छ । काठमाडौंमा शुक्रबार प्रधानमन्त्री केपी... विस्तृतमा