• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७७ फागुन १३, बिहिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • सिंहका हत्या आरोपी ५ जना पुर्पक्षका लागि कारागार चलान

      काभ्रे प्रहरीद्वारा फरार प्रतिवादी पक्राउ अभियान सञ्चालन

      कर्णालीमा १३ वर्षमुनिका खेलाडी छनोट गर्दै एन्फा

      पोखरामा आन्तरिक पर्यटकको चहलपहल बढ्दै

      मापदण्डविपरीत नदीजन्य वस्तुको उत्खनन्

      एक वर्षसम्म पनि मजदूरले पाएनन् ज्याला

      खोपले काम गरेन, भटाभट मरे कुखुरा

      राजापुर क्षेत्रका लागि दुईवटा एम्बुलेन्स खरीद

      बेनी बजार बाहिरका ग्रामीण क्षेत्रका सडक कालोपत्रे हुन थाले

      पाँच वर्षअघि नै उपभोग मिति सकिएको दाल बिक्री

      उच्च शिक्षा छात्रवृत्तिमा जुम्ला पर्न सकेन

      डडेल्धुरामा बन्दै गरेको सेमी कभर्ड हल २१ महिनादेखि अलपत्र

      कुहिएको अवस्थामा महिलाको शव फेला

      सुनको मूल्य घट्यो

      नारायणगढ–बुटवल सडक: निर्माण भए २२ साना पुल

    होमपेज /  समाचार

    समुदायमा रहेका क्षयरोगका बिरामी खोज्दै

    रासस

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७७ फागुन ११, मंगलबार (२ दिन अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
    फाईल तस्विर

    नेपाल क्षयरोग निवारण संस्था नारायणगढले समुदायमा रहेका क्षयरोगका बिरामीलाई परीक्षण, उपचार र जनचेतनामूलक कार्यक्रम गर्दै आइरहेको छ । विसं २०३६ बाट निरन्तररूपमा सो संस्थाले अभियान चलाउँदै आएको छ ।

    भरतपुर महानगरपालिका–१ लीलाचोकमा कार्यालय रहेको सो संस्थाले गत वर्ष ९९१ जनाको खकार परीक्षण गरी ४५ क्षयरोगका बिरामीको उपचार गरिरहेको छ । कार्यक्रम अधिकृत अर्जुन त्रिपाठीका अनुसार संस्थाले चालु आर्थिक वर्षको हालसम्म १४४ जनाको परीक्षण गरेको छ । तीमध्ये आठ क्षयरोगका बिरामी भेटिएका छन् ।

    संस्थाका सभापति दामोदर न्यौपानेका अनुसार यस वर्ष विभिन्न आठवटा जनचेतनामूलक कार्यक्रम गरिएको छ । गत वर्ष १० वटा कार्यक्रम गरिएको थियो । विभिन्न सङ्घसंस्था, सरोकारवाला, बिरामी, समुदायका मानिस, स्वास्थ्य आमा समूहलगायत लक्षित वर्गसम्म पुगेर रोगका बारेमा जानकारीसँगै जनचेतना फैलाउने काम भइरहेको छ ।

    संस्थामा हाल २९ क्षयरोगका बिरामी उपचाररत छन् । ती बिरामीमध्ये सात जनालाई मल्ट्री ड्रग रेसिस्टेन्ट अर्थात् महङ्गो खालको औषधि खुवाएर उपचार गरिँदैछ । छ महिना औषधि खाँदा निको नभएका जटिल बिरामीलाई यो औषधि खुवाउने गरिन्छ । न्यौपानेका अनुसार ती बिरामीलाई एक जनाको उपचारमा रु आठ लाख हाराहारी खर्च हुने गर्दछ । उनीहरुका लागि सरकारले औषधि, पोषण र परीक्षण खर्च उपलब्ध गराउँछ । त्यसको सहजीकरण संस्थाले गर्दै आएको न्यौपानेले जानकारी दिए । उनीहरुलाई नौदेखि १८ महिना औषधि खुवाउनुपर्ने हुन्छ ।

    सामान्य अवस्थाका बिरामीका लागि करिब रु छ हजार खर्च हुने गर्दछ । उनीहरुलाई छ महिनासम्म नियमित औषधि खुवाउनुपर्ने हुन्छ । क्षयरोग दुई प्रकारका हुने गर्दछन् । एउटा फोक्सोमा लाग्ने गर्दछ भने अर्को अन्य अङ्गमा लाग्ने गर्दछ । फोक्सोमा लागेको क्षयरोग श्वासप्रश्वासबाट सर्ने गर्दछ । अन्य अङ्गमा लागेका क्षयरोग सर्दैन ।

    सङ्घले क्षयरोगका बिरामीको एचआइभी एड्स परीक्षण र एचआइभीका बिरामीको क्षयरोग परीक्षणसमेत गर्ने गर्दछ । न्यौपानेले भने, “सामाजिक व्यक्तिहरुको सहयोगका कारण समुदायमा बिरामी खोजेर उपचार गर्ने यो अभियानले निरन्तरता पाएको छ ।” उनको भनाइमा नेपालमा विसं २०१० मा स्थापना भएको यस संस्थाअन्तर्गतका शाखामा सामाजिक व्यक्ति रहेर समुदायमा सेवा गर्दै आएका छन् । यस संस्थाले विद्यालयमा जुनियर नाटा नामक समिति गठन गरी जनचेतनामूलक कार्यसमेत गर्ने गरेको छ ।

    सो संस्था सञ्चालनका लागि रु ४७ लाख ५० हजारको अक्षयकोष खडा गरिएको छ । संस्थाले विगत १० वर्षदेखि एम्बुलेन्स सञ्चालन गर्दै आएको छ । यससँगै हालै मात्र नयाँ एम्बुलेन्स खरिदका लागि संस्थाका पूर्वसभापति भीमराज पाठकले रु १५ लाख संस्थालाई उपलब्ध गराएका छन् ।

    स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारी सरकारले गर्नुपर्ने काम यस संस्थाले गर्दै आएको बताउँछन् । जनचेतनामार्फत शङ्कास्पदलाई परीक्षणको दायरामा ल्याउने, नियमित औषधि खुवाउनेलगायतका काम संस्थाले गरिरहेको उनको भनाइ छ ।

    कोरोना सङ्क्रमण शुरु भएलगत्तै औषधि प्रयोग गरिरहेकाहरुलाई सङ्गठित बनाएर अनुभव आदानप्रदान र उपचारमा सहयोग गरेर नमूना काम गरेको उनले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    मापदण्डविपरीत नदीजन्य वस्तुको उत्खनन्

    खोपले काम गरेन, भटाभट मरे कुखुरा

    राजापुर क्षेत्रका लागि दुईवटा एम्बुलेन्स खरीद

    बेनी बजार बाहिरका ग्रामीण क्षेत्रका सडक कालोपत्रे हुन थाले

    पाँच वर्षअघि नै उपभोग मिति सकिएको दाल बिक्री

    डडेल्धुरामा बन्दै गरेको सेमी कभर्ड हल २१ महिनादेखि अलपत्र

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिंहका हत्या आरोपी ५ जना पुर्पक्षका लागि कारागार चलान

    काभ्रे प्रहरीद्वारा फरार प्रतिवादी पक्राउ अभियान सञ्चालन

    कर्णालीमा १३ वर्षमुनिका खेलाडी छनोट गर्दै एन्फा

    पोखरामा आन्तरिक पर्यटकको चहलपहल बढ्दै

    मापदण्डविपरीत नदीजन्य वस्तुको उत्खनन्

    प्रचण्ड-माधव नेतृत्वको सरकार बन्ने कुरा ‘गोरु ब्याएर बिगौती खान खोजे’ जस्तै : सूर्य थापा

    सरकार गठनका विषयमा छलफल गर्न कांग्रेसको पदाधिकारी बैठक बस्दै

    २४ घण्टामा थपिए ९४ जना कोरोना संक्रमित, ७१ जना संक्रमणमुक्त

    डा.केसीद्वारा सत्याग्रह स्थगित

    पशुपतिनाथमा सुनको जलहरी स्थापित गर्ने काम सम्पन्न

    सिंहका हत्या आरोपी ५ जना पुर्पक्षका लागि कारागार चलान

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    सुनको मूल्य घट्यो

    व्यावसायिक कृषिमा आकर्षण बढ्दै

    बक्यौता करमाथि ब्याज असुल्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट

    नेप्सेमा २५९९ विन्दुमा, निफ्राको शेयरमूल्य ५.३९ प्रतिशतले घट्यो

    महिला लघुवित्तको साधारण शेयर बाँडफाँड शुक्रबार हुने

    सेतोखबर बिशेष

    प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला, यस्ताे छ फैसलाकाे पूर्णपाठ

    काठमाडाैं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसला गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा भएको सुनुवाइपछि...  विस्तृतमा

    १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन सर्वोच्चको आदेश

    ओलीले विघटन गरेको प्रतिनिधिसभा पुर्नस्थापना गर्ने सर्वोच्च अदालतको फैसला

    हाम्रो सत्तामा ओली र देउवाले नख्खु जेलमा आराम गर्नेछन् : रवीन्द्र मिश्र

    सरकारसँग वार्ता गर्न विप्लव तयार, सरकारले प्रतिवन्ध फुकुवा गर्न सक्ने

    निषेध र विभेदको राजनितिले देश दिनप्रतिदिन जटिलतामा फस्दै : पूर्वराजा ज्ञानेन्द्र

    ‘म न्यायालयको अपमान गर्ने कुरा सोच्नसमेत सक्दिन’: प्रधानमन्त्री ओली, पूर्णपाठसहित

    भागरथी भट्टको हत्याका आरोपी १८ बर्षीय दिनेश भट्ट सार्वजनिक

    ओली सरकारको ३ वर्ष पूरा, यी हुन् प्रमुख उपलब्धिहरू (पूर्णपाठसहित)

    भागरथीको बलात्कारपछि हत्याको सत्य तथ्य छानविन गरी दोषीलाई कारवाही गर : विप्लव

    प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई ‘प्रथम महिला’ भनिएकोमा पम्फा भुसालको आपत्ति

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑