सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । कोरोनाभाइरसको कारण थलिएको फुटबल खेल पनि लयमा फर्किन थालेको छ । कोरोना भाईरसको महामारीको कारण स्थगित ‘बी’ लिग आजबाट फेरि सुरु हुन लागेको हो ।
सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल अन्तर्गत बाँकी रहेको खेलहरु आजबाट सुरु हुँदैछ । कोरोनाका कारण लिग गत वर्षको चैत ५ गतेबाट स्थगित भएको थियो ।
पहिलो दिन आज लिगमा दुई खेल हुनेछ ।
एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा मध्यपुर युथ एसोसिएसन र नयाँ बस्ति युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
मध्यपुर र नयाँ बस्तिबीचको खेल अपरान्ह १२:१५ बजे सुरु हुनेछ ।
दोस्रो खेलमा पुल्चोक स्पोर्ट्स क्लब र खुमलटार युथ क्लबबीच खेल हुनेछ ।
पुल्चोक र खुमलटारबीचको खेल अपरान्ह ३:३० बजे सुरु हुनेछ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा