• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७७ फागुन १३, बिहिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • १७ अर्ब लागतमा नारायणगढ–बुटवल सडक फराकिलो बनाइँदै

      जाजरकोटको जगदुल्ला जलविद्युत्का लागि सडक निर्माण प्रक्रिया शुरु

      सिंहका हत्या आरोपी ५ जना पुर्पक्षका लागि कारागार चलान

      काभ्रे प्रहरीद्वारा फरार प्रतिवादी पक्राउ अभियान सञ्चालन

      कर्णालीमा १३ वर्षमुनिका खेलाडी छनोट गर्दै एन्फा

      पोखरामा आन्तरिक पर्यटकको चहलपहल बढ्दै

      मापदण्डविपरीत नदीजन्य वस्तुको उत्खनन्

      एक वर्षसम्म पनि मजदूरले पाएनन् ज्याला

      खोपले काम गरेन, भटाभट मरे कुखुरा

      राजापुर क्षेत्रका लागि दुईवटा एम्बुलेन्स खरीद

      बेनी बजार बाहिरका ग्रामीण क्षेत्रका सडक कालोपत्रे हुन थाले

      पाँच वर्षअघि नै उपभोग मिति सकिएको दाल बिक्री

      उच्च शिक्षा छात्रवृत्तिमा जुम्ला पर्न सकेन

      डडेल्धुरामा बन्दै गरेको सेमी कभर्ड हल २१ महिनादेखि अलपत्र

      कुहिएको अवस्थामा महिलाको शव फेला

    होमपेज /  समाचार

    आन्तरिक पर्यटकको आगमन बढ्दै

    रासस

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७७ फागुन १०, सोमबार (२ दिन अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
    फाईल तस्विर

    कोभिड–१९ को असर शून्यमा झरेसँगै हिमाली पदयात्राका लागि आन्तरिक पर्यटकको आगमन शुरू भएको छ । हिमाली क्षेत्रमा चिसोपनको समस्या हल हुँदै गएका कारण हिमाली प्रकृति छटाको अवलोकन गर्ने पर्यटकको आगमन हुन थालेको हो ।

    कोरोना सङ्क्रमणले देश लकडाउन भएका बेला सुनसान भएको रसुवाको पर्यटकीय क्षेत्र विस्तारै चलायमान बन्दै गएको छ । शिशिर ऋतुको समाप्ति र वसन्त ऋतुको आगमनसँगै हिमाली प्रकृति छटा अवलोकनका लागि बढ्न सक्ने पर्यटकको चापलाई मध्यनजर राख्दै गुणस्तरीय सेवा दिन होटल तथा लजको सुदृढीकरण गर्ने कार्य सम्पन्न भइसकेको पर्यटन व्यवसायीले बताएका छन् ।

    रसुवा जिल्लाको लाङटाङलगायत तामाङ सम्पदा मार्ग, गोसाइँकुण्ड धार्मिक एवं हेलम्बु, ठाडेपाटी क्षेत्रका पदमार्गमा अवस्थित होटल तथा लजमा समेत आवश्यक तयारी पूरा भएको होटल व्यवस्थापन समितिले जनाएको छ । गत मङ्सिरदेखिनै कोरोनाको प्रभाव शून्यमा झरेको र खोप लगाउने कार्यसमेत धमाधम अगाडि बढिरहेका कारण उच्च मनोबलका साथ भ्रमण गर्नसक्ने वातावरण सिर्जना भइसकेकाले आगन्तुक पाहुनाको स्वागत गर्न यहाँका पर्यटन व्यवसायी आतुर रहेको होटल तथा पर्यटन व्यवसायी सङ्घ रसुवाका अध्यक्ष निसान उपनामले परिचित रामशरण गजुरेलले बताए ।

    शिशिर ऋतुअन्तर्गत फागुन १५ बाट हिमाली क्षेत्रमा तातोपना बढ्दै जाने र गृष्म ऋतुको जेठ महिनाभर भ्रमणको उपयुक्त समय मानिएको छ । यात्राका क्रममा नीलाद्री पर्वतमा विराजमान रहनुभएका भगवान् शङ्कर गोसाइँबाबाको दर्शनले आफ्नो मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वासका साथ गोसाइँकुण्डका यात्रुसमेत ओहोरदोहोर गर्न थालेका छन् ।

    यस्तै मानव बस्ती नजिक लाङटाङ क्षेत्रको हिमनदी, लौरीविनायकबाट देखिने पश्चिमी नेपालका अल्का हिमाल, तामाङ सम्पदा मार्गअन्तर्गत गतलाङ क्षेत्रमा पर्ने पार्वतीकुण्ड, थुमनको नाकथलीलगायतका स्थानले आगन्तुक पर्यटकलाई मनमोहक बनाई पठाउने गरेको यहाँका ज्येष्ठ नागरिकले बताएका छन् ।

    काठमाडौँबाट सबैभन्दा छोटो दूरीमा रहेको रसुवाको पदयात्राका क्रममा भूमिगत संरचनाको चिलिमे जलविद्युत् केन्द्र, ऐतिहासिक रसुवागढीका साथै यहाँका उकालीओराली झरना चौतारी, कुण्ड तालले समेत मनमोहक बनाउने गरेको छ । उता जैविक कृषिउपजको भोजन गराउन वृद्विममा सञ्चालित होमस्टेसमेत सुदृढीकरण कार्य सम्पन्न गरी पाहुनाको स्वागतका लागि व्यवसायी तयार रहेको होमस्टे व्यवस्थापन समितिका अध्यक्ष नुर्पु तामाङले जानकारी दिए ।

    तामाङ सम्पदा मार्गअन्तर्गत गतलाङस्थित पर्वतीकुण्ड स्नान तथा पवित्र जलले निकास लिएको स्थानमा निर्मित १०८ धारा, स्थानीयस्तरमा उत्पादित कृषिजन्य वस्तुबाट तयार गरिएका खानाको साथै परम्परागत वेषभूषा, संस्कृतिअनुसारका नाचगाननै गतलाङको प्रमुख विशेषता भएको स्थानीयवासी पेम्वा तामाङले बताए ।

    काठमाडौँबाट धुञ्चे बजारमा प्रवेश गर्नासाथ नजिक जसरीनै अवलोकन गर्न सकिने लाङटाङ, धुञ्चेको पूर्वतर्फ घले राजाले बासस्थान लिएको क्षेत्र, नेपालको पहिलो तामाङ धुञ्चे सङ्ग्रहालय, मिनी गोसाइँकुण्डका स्थानले यात्रालाई थप रोमाञ्चकारी बनाउने गरेको रसुवा नागरिक समाजका सचिव लामा रेञ्जन घलेले जानकारी दिए ।

    कोभिड–१९ का कारण विदेश भ्रमणमा जान रोकिएका अधिकांश नेपाली रसुवाको प्राकृतिक छटा अवलोकनका लागि आएको बताउँदै होटल तथा पर्यटन व्यवसायी सङ्घका अध्यक्ष गजुरेलले विदेशीको अपेक्षा गर्नुभन्दा स्वदेशी पर्यटकलाई गुणस्तरीय सेवा दिई अन्तरिक पर्यटनलाई बढवा दिन व्यवसायीलाई सुझाव दिए। अबको यात्रा समुद्र सतहबाट दुई हजार मिटरभन्दा माथि पदमार्गका क्षेत्रमा लालीगुराँसलगायत अन्य वनस्पतिको समेत फूल फुल्ने र त्यसभन्दा माथि हिमप्रेमीले हिउँ खेल्नसमेत सहज हुने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    १७ अर्ब लागतमा नारायणगढ–बुटवल सडक फराकिलो बनाइँदै

    जाजरकोटको जगदुल्ला जलविद्युत्का लागि सडक निर्माण प्रक्रिया शुरु

    मापदण्डविपरीत नदीजन्य वस्तुको उत्खनन्

    खोपले काम गरेन, भटाभट मरे कुखुरा

    राजापुर क्षेत्रका लागि दुईवटा एम्बुलेन्स खरीद

    बेनी बजार बाहिरका ग्रामीण क्षेत्रका सडक कालोपत्रे हुन थाले

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    १७ अर्ब लागतमा नारायणगढ–बुटवल सडक फराकिलो बनाइँदै

    जाजरकोटको जगदुल्ला जलविद्युत्का लागि सडक निर्माण प्रक्रिया शुरु

    सिंहका हत्या आरोपी ५ जना पुर्पक्षका लागि कारागार चलान

    काभ्रे प्रहरीद्वारा फरार प्रतिवादी पक्राउ अभियान सञ्चालन

    कर्णालीमा १३ वर्षमुनिका खेलाडी छनोट गर्दै एन्फा

    प्रचण्ड-माधव नेतृत्वको सरकार बन्ने कुरा ‘गोरु ब्याएर बिगौती खान खोजे’ जस्तै : सूर्य थापा

    सरकार गठनका विषयमा छलफल गर्न कांग्रेसको पदाधिकारी बैठक बस्दै

    २४ घण्टामा थपिए ९४ जना कोरोना संक्रमित, ७१ जना संक्रमणमुक्त

    डा.केसीद्वारा सत्याग्रह स्थगित

    पशुपतिनाथमा सुनको जलहरी स्थापित गर्ने काम सम्पन्न

    १७ अर्ब लागतमा नारायणगढ–बुटवल सडक फराकिलो बनाइँदै

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    सुनको मूल्य घट्यो

    व्यावसायिक कृषिमा आकर्षण बढ्दै

    बक्यौता करमाथि ब्याज असुल्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट

    नेप्सेमा २५९९ विन्दुमा, निफ्राको शेयरमूल्य ५.३९ प्रतिशतले घट्यो

    महिला लघुवित्तको साधारण शेयर बाँडफाँड शुक्रबार हुने

    सेतोखबर बिशेष

    प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला, यस्ताे छ फैसलाकाे पूर्णपाठ

    काठमाडाैं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसला गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा भएको सुनुवाइपछि...  विस्तृतमा

    १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन सर्वोच्चको आदेश

    ओलीले विघटन गरेको प्रतिनिधिसभा पुर्नस्थापना गर्ने सर्वोच्च अदालतको फैसला

    हाम्रो सत्तामा ओली र देउवाले नख्खु जेलमा आराम गर्नेछन् : रवीन्द्र मिश्र

    सरकारसँग वार्ता गर्न विप्लव तयार, सरकारले प्रतिवन्ध फुकुवा गर्न सक्ने

    निषेध र विभेदको राजनितिले देश दिनप्रतिदिन जटिलतामा फस्दै : पूर्वराजा ज्ञानेन्द्र

    ‘म न्यायालयको अपमान गर्ने कुरा सोच्नसमेत सक्दिन’: प्रधानमन्त्री ओली, पूर्णपाठसहित

    भागरथी भट्टको हत्याका आरोपी १८ बर्षीय दिनेश भट्ट सार्वजनिक

    ओली सरकारको ३ वर्ष पूरा, यी हुन् प्रमुख उपलब्धिहरू (पूर्णपाठसहित)

    भागरथीको बलात्कारपछि हत्याको सत्य तथ्य छानविन गरी दोषीलाई कारवाही गर : विप्लव

    प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई ‘प्रथम महिला’ भनिएकोमा पम्फा भुसालको आपत्ति

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑