• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७७ फागुन २३, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • बालविवाहबाट जन्मिएका बालबालिका कानूनी अधिकार पाउनबाट वञ्चित

      मेलम्ची खानेपानी आयोजनाः ‘हेडवक्र्स’ निर्माण अन्तिम चरणमा

      गलत औषधिले लाखौँ मूल्यको माछा मरेपछि…

      गृहमन्त्री थापाले लगाए विरुद्धको खोप

      अव्यवस्थित सडकका कारण पानीका मूल सुक्दै

      राज्यमन्त्रीको सिनेमा हल जोगाएर सर्वसाधरणको घरमा डोजर

      नारायणगढ–मुग्लिन सडक आजदेखि दिउँसो बन्द हुने

      घुस दिन खोज्ने ट्रक चालक पक्राउ

      नक्कली परीक्षार्थी बनी प्रहरी जवानको लिखित परीक्षा दिने २२ जना पक्राउ

      सत्ता पक्षले नै संसद् अवरुद्ध गर्न सक्ने

      प्रतिनिधसभा पुनर्स्थापनापछिकाे पहिलाे बैठक आज, यस्ता छन् कार्यसूची

      प्रधानमन्त्री ओलीले आज कोभिड–१९ विरुद्धको खोप लगाउने

      आज फागुन २३ गते आईतबार, कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफल

      ५ दिनमा एलन मस्कले २७ अर्ब डलर गुमाए

      काठमाडौं आइपुग्यो मेलम्चीको पानी

    होमपेज /  गण्डकी

    दोर्दी–१ को बिजुली वैशाखदेखि

    रासस

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७७ फागुन १०, सोमबार (१ हफ्ता अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
    फाईल तस्विर

    लमजुङ । लामो समय कोभिडले प्रभावित बनेको यहाँका दोर्दी–१ आयोजनाबाट आगामी वैशाख महिनादेखि बिजुली उत्पादन थाल्ने भएको छ । लमजुङको दोर्दी गाउँपालिका– ६ ढोडेनीमा निर्माणाधीन १२ मेगावाट क्षमताको दोर्दी–१ जलविद्युत् आयोजनाको आगामी वैशाख महिनाबाट बिजुली उत्पादन गर्ने लक्ष्यअनुरुप काम अघि बढाइरहेको आयोजना प्रमुख उज्जवल सिलवालले बताए ।

    उनले भने, “कोभिडका कारणले झण्डै ६ महिना जस्तै काम प्रभावित भएकाले निर्माण अवधि लम्बिन पुगे पनि अब निर्धारित समयमा काम सम्पन्न गर्दै बिजुली उत्पादन गर्छौ ।” आयोजनाको हालसम्म ९० प्रतिशत बढी निर्माण कार्य सम्पन्न गर्दै बाँकी पनि सम्पन्न गर्न कामलाई तीव्रता दिँदै आएको उनको भनाइ छ । गत चैत महिनामै बिजुली उत्पादन गर्ने आयोजनाले जनाए पनि विविध कारणले निर्माण अवधि बढेको आयोजनाले जनाएको छ ।

    यस आयोजनाको दुई हजार ५१५ मिटर लामो रहेको सुरुङ ब्रेक थ्रु भएको आयोजनाले जनाएको छ । त्यस्तै सिभिल संरचना निर्माणको काम सम्पन्न गरेको छ । आयोजनाको ७०० मिटर पेनस्टक पाइपमध्ये १५० मिटर पाइप जडान हुन बाँकी रहेको आयोजना प्रमुख सिलवालले बताए ।

    आयोजना आफैँले सव स्टेसनसम्म आवश्यक पर्ने साढे तीन किलोमिटर लामो प्रसारण लाइन निर्माण गरिरहेको छ । उत्पादन हुने विद्युत् नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्ने १३२ केभी कीर्तिपुर सव स्टेसनमा जोडिने छ । यसको काम हालसम्म ८० प्रतिशत सम्पन्न भएको र २० प्रतिशत मात्र बाँकी छ ।

    त्यस्तै, पावर हाउसमा मेसिन जडानको काम भइरहेको आयोजनाले जनाएको छ । रु दुई अर्ब २९ करोडको लगानीमा निर्माणकार्य सक्ने लक्ष्यका साथ विसं २०७४ बाट थालनी गर्दै विसं २०७६ चैत महिनामा सक्ने आयोजनाको लक्ष्य थियो । तर अघिल्लो वर्ष दोर्दी खोलामा आएको बाढी, लकडाउनलगायतका कारणले निर्माण अवधि लम्बिएको हो । आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग वर्षायाममा चार रुपैयाँ ८० पैसा र सुक्खायामका लागि ८ रुपैयाँ ४० पैसामा विद्युत् खरीद सम्झौता (पिपिए) गरेको छ ।

     

    त्यस्तै यस आयोजना अघि यस दोर्दी कोरिडोरमै निर्माणाधीन दुई आयोजनाले आगामी चैत महिनाभित्रै बिजुली उत्पादन गर्ने भएको छ । हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीद्वारा निर्माणाधीन २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत् र लिबर्टी इनर्जी लिमिटेडद्वारा निर्माणाधीन २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ आयोजनाबाट बिजुली उत्पादन हुने भएको छ । यस जिल्लाबाट चैत महिनामा यी दुई आयोजना गरी ५२ मेगावाट बिजुली उत्पादन भएसँगै राष्ट्रिय प्रशारण लाइनमा जोडिनेछन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    जोरायलका जङ्गलमा आगलागी

    लोमान्थाङमा सुक्खा बन्दरगाहको सम्भाव्यता अध्ययन

    सरकार र चन्द समूहबीचको वार्ताले कालीकोटवासी उत्साहित

    हेटौँडामा मयुरधाप औद्योगिक क्षेत्र स्थापनाको काम अघि बढ्यो

    प्रदेशस्तरीय कोरोना खोप भण्डारगृह शिलान्यास

    भूमिसम्बन्धी समस्या समाधान गरिनेछः अध्यक्ष ज्ञवाली

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बालविवाहबाट जन्मिएका बालबालिका कानूनी अधिकार पाउनबाट वञ्चित

    मेलम्ची खानेपानी आयोजनाः ‘हेडवक्र्स’ निर्माण अन्तिम चरणमा

    गलत औषधिले लाखौँ मूल्यको माछा मरेपछि…

    गृहमन्त्री थापाले लगाए विरुद्धको खोप

    अव्यवस्थित सडकका कारण पानीका मूल सुक्दै

    गृहमन्त्री थापाले लगाए विरुद्धको खोप

    नारायणगढ–मुग्लिन सडक आजदेखि दिउँसो बन्द हुने

    प्रधानमन्त्री ओलीले आज कोभिड–१९ विरुद्धको खोप लगाउने

    काठमाडौं आइपुग्यो मेलम्चीको पानी

    ओलीले बोलाएको संसदीय दलको बैठकमा ११५ सांसद उपस्थित

    बालविवाहबाट जन्मिएका बालबालिका कानूनी अधिकार पाउनबाट वञ्चित

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    थानकोट डिपोको पहिलो चरणको स्तरोन्नति सकियो

    मेगा बैंकले भन्यो – ‘सुनियोजित ढंगबाट व्यक्तिगत एवं संस्थागत चरित्रहत्या गर्न खोजीयो’

    ओरालो लाग्यो सुनको मूल्य

    ज्योति लाइफको ६६ लाख कित्ता आइपिओ बिक्री खुला, कति दिने आवेदन ?

    बुद्ध एयरले जनकपुर–अयोध्या उडान गर्ने

    सेतोखबर बिशेष

    सरकार र ‘विप्लव’ नेकपाबीच तीन बुँदे सहमतिमा हस्ताक्षर

    काठमाडौं । नेपाल सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच तीन बुँदे सहमतिमा हस्ताक्षर भएको छ । काठमाडौंमा शुक्रबार प्रधानमन्त्री केपी...  विस्तृतमा

    सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति, फागुन २१ गते नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक हुने

    ‘सुनको जलहरी राख्नु नहुने तर्क कुतर्क हो’

    प्रधानमन्त्री ओलीले तुरुन्त राजिनामा दिनुपर्छ : वामदेव गौतम

    प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला, यस्ताे छ फैसलाकाे पूर्णपाठ

    १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन सर्वोच्चको आदेश

    ओलीले विघटन गरेको प्रतिनिधिसभा पुर्नस्थापना गर्ने सर्वोच्च अदालतको फैसला

    हाम्रो सत्तामा ओली र देउवाले नख्खु जेलमा आराम गर्नेछन् : रवीन्द्र मिश्र

    सरकारसँग वार्ता गर्न विप्लव तयार, सरकारले प्रतिवन्ध फुकुवा गर्न सक्ने

    निषेध र विभेदको राजनितिले देश दिनप्रतिदिन जटिलतामा फस्दै : पूर्वराजा ज्ञानेन्द्र

    ‘म न्यायालयको अपमान गर्ने कुरा सोच्नसमेत सक्दिन’: प्रधानमन्त्री ओली, पूर्णपाठसहित

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑