सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसबाट कसैको पनि मृत्यु भएको छैन । तर १२५ नयाँ संक्रमित थपिएका छन भने ९० जना निको भएका छन् ।
नियमित जानकारी गराउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो कुराको जानकारी गराएको हो ।
मन्त्रालयका अनुसार, आजसम्म भाइरसका कारण २,०६१ जनाको मृत्यु भएको छ । थपिएका संक्रमितसहित कुल संक्रमितको संख्या २,७३,५५६ र निको हुनेको संख्या २,६९,९६६ पुगेको छ ।
मन्त्रालयका अनुसार अहिले देशमा १,५२९ सक्रिय संक्रमित रहेका छन् । आजसम्म २१,४३,३१५ जनाको पिसिआर टेस्ट भएको छ । देशभरमा १,५२९ जना आइसोलेशन र ६६ जना क्वारेन्टाइनमा रहेका छन् ।
काठमाण्डौँ । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष एवं श्रीपशुपतिनाथको सुनको जलहरी निर्माण व्यवस्थापन समितिका संयोजक डा. मिलनकुमार थापाले सुनको जलहरी राख्नु नहुने... विस्तृतमा