सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडाैं । साेमबार नेप्से परिसूचक दाेहाेराे अंकले घटेकाे छ ।
यसदिन नेप्से परिसूचक ३२.६७ अंक घटेर २६०७.६७ विन्दुमा झरेको छ । त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ९.२२ अंक घटेर ४७०.३६ विन्दुमा झरेको छ ।
यस दिन नेप्सेमा २०७ कम्पनीको ७८ हजार ८५८ पटकको कारोबारमा ८ अर्ब ४० करोड ६३ लाख १० हजार रुपैयाँ बराबरको २ करोड १६ लाख १४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
आठ कम्पनीको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन नेपाल इन्फ्रास्ट्रक्चर बैंक, आँखुखोला, नेपाल हाइड्रो, अपर लगायतका कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । आज सर्वाधिक शेयरमूल्य बढेका १० कम्पनीहरुको सूचीमा ७ जलविद्युत कम्पनीहरु रहेका छन् भने सर्वाधिक शेयरमूल्य घटेका कम्पनीहरुको सूचीमा ६ वाणिज्य बैंकहरु रहेका छन् । यस दिन सेञ्चुरी कमर्शियल बैंक, सिभिल बैंक, मेगा बैंकको शेयरमूल्य ५ प्रतिशतभन्दा बढीले घटेको छ ।
सोमबार कारोबार रकमका आधारमा एनआईसी एशिया बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको यस दिन ३८ करोड २४ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ । त्यसैगरी, यस दिन नेपाल इन्फ्रास्ट्रक्चरको ३२ करोड १२ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।
आजका दिनमा ३१ वटा कम्पनीको सेयर मूल्य बढ्दा १३९ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै ५ वटा कम्पनीको मूल्य स्थिर छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा