सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । पशुपतिनाथ मूल मन्दिरको ज्योतिर्लिमाथि रहेको चाँदीको जलहरी जीर्ण भएको भन्दै क्षमापूजासहित सुनको जलहरी राख्ने कार्य भइरहेको छ ।
रणबहादुर शाहको शासनकालमा राखिएको चाँदीको जलहरी जीर्ण भई पशुपतिनाथलाई चढाइएका जल, पञ्चामृत आदि चुहिन थालेपछि सो जलहरी परिवर्तन गर्न लागिएको हो ।
१ सय २१ जना पण्डितले शिव र शक्तिको आराधना गरेसँगै क्षमापूजा शुरु गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिवा डा. प्रदीप ढकालले जानकारी दिए ।
जलहरी राख्नुअघि भारतबाट आएका २६ जना पण्डित तथा नेपालका १६ जना पण्डितले शनिबारदेखि विधिपूर्वक पाठ, जप, हवन आदि गरिहेको लक्ष्मण पन्थी बताउँछन् । सो पूजा आगामी बुधबारसम्म चल्नेछ । यो समाचार आजको नेपाल समाचार पत्रमा छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा