सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । भारतसहित तेस्रो मुलुकबाट हुँदै आएको आयातको गतिमा सुधार आउन थालेको छ। कोभिड—१९ को महामारी सुरु हुनुअघि अघिल्लो वर्ष भएको आयातकै हाराहारीमा यो वर्षको पहिलो ७ महिनामा वस्तुको आयात भएको छ।
भन्सार विभागले सार्वजनिक गरेको पहिलो सात महिना (साउनदेखि माघ) को तथ्यांकले वस्तुको आयात पुरानै लयमा फर्किन लागेको छनक दिएको छ।
चालू आर्थिक वर्षको पहिलो ७ महिनामा भारतसहित तेस्रो मुलुकबाट नेपालमा ८ खर्ब ३ अर्ब ६४ करोड ३१ लाख रुपैयाँबराबरको विभिन्न वस्तु नेपालमा आयात भएको छ।
अघिल्लो वर्ष २०७६/०७७ को यही अवधिको तुलनामा ४ करोडभन्दा बढी रुपैयाँभन्दा बढीको वस्तुको आयात भएको हो। अघिल्लो वर्षको यस अवधिमा ८ खर्ब ३ अर्ब ६० करोड २८ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको थियो। यो तथ्यांकले कोभिड—१९ को महामारीले थलिएको नेपालको बजार र उद्योग विस्तारै ठडिन लागेको विषयलाई पुष्टि गरेको छ। कोभिड महामारीको संक्रमण उत्सर्गमा रहेको समयमा आयात निर्यातको दर निकै खुम्चिएको थियो।
पछिल्लो तथ्यांकअनुसार माघ महिनामा मात्रै विभिन्न मुलुकबाट नेपालमा १ खर्ब ४२ अर्ब ४० करोड रुपैयाँबराबरको वस्तु आयात भएको छ। गत पुससम्म ६ खर्ब ६१ अर्ब २४ करोड रुपैयाँबराबरको वस्तु आयात भएको थियो। आयात पुरानै लयमा फर्किंदै गर्दा व्यापार घाटा भने बढ्ने क्रम सुरु भएको छ। पहिलो ६ महिनासम्म आयात दर घट्दो र निर्यात दर बढ्दो भएर व्यापार घाटा सुधारोन्मुख अवस्थामा भए पनि पछिल्लो सातौं महिनाको आयात दर वृद्धि भएर व्यापार घाटा बढ्ने भएको छ। अन्नपूर्ण पोस्ट् दैनिक
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा