• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७७ फागुन १३, बिहिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • ठेकेदारले निर्माणमा ढिलासुस्ती गरेको भन्दै सडक अवरुद्ध

      भेनेजुएलाद्वारा युरोपेली युनियनका राजदूतलाई ७२ घन्टाभित्र देश छाड्न आदेश

      १७ अर्ब लागतमा नारायणगढ–बुटवल सडक फराकिलो बनाइँदै

      जाजरकोटको जगदुल्ला जलविद्युत्का लागि सडक निर्माण प्रक्रिया शुरु

      सिंहका हत्या आरोपी ५ जना पुर्पक्षका लागि कारागार चलान

      काभ्रे प्रहरीद्वारा फरार प्रतिवादी पक्राउ अभियान सञ्चालन

      कर्णालीमा १३ वर्षमुनिका खेलाडी छनोट गर्दै एन्फा

      पोखरामा आन्तरिक पर्यटकको चहलपहल बढ्दै

      मापदण्डविपरीत नदीजन्य वस्तुको उत्खनन्

      एक वर्षसम्म पनि मजदूरले पाएनन् ज्याला

      खोपले काम गरेन, भटाभट मरे कुखुरा

      राजापुर क्षेत्रका लागि दुईवटा एम्बुलेन्स खरीद

      बेनी बजार बाहिरका ग्रामीण क्षेत्रका सडक कालोपत्रे हुन थाले

      पाँच वर्षअघि नै उपभोग मिति सकिएको दाल बिक्री

      उच्च शिक्षा छात्रवृत्तिमा जुम्ला पर्न सकेन

    होमपेज /  गण्डकी

    तनहुँ जलविद्युत् आयोजनाका लागि सम्झौता हुँदै

    रासस

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७७ फागुन ६, बिहिबार (१ हफ्ता अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
    फाईल तस्विर

    तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन रहेको १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्याकेज १ का लागि निर्माण कम्पनीसँग सम्झौताको तयारी गरिएको छ । पहिलो प्याकेज अन्तर्गतका कामका लागि तीन कम्पनीको बोलपत्र परेकामा एशियाली विकास बैँकले सोङ्दा भियतनाम÷कालिका जेभीलाई छनोटको स्वीकृति दिएपछि उक्त कम्पनीसँग सम्झौताको तयारी गरिएको आयोजनाका प्रमुख अच्युत घिमिरेले जानकारी दिए ।

    “सबैभन्दा कम दर प्रस्ताव गरेको र आर्थिक एवं प्राविधिक रुपमा प्रभावग्राही देखिएपछि उक्त कम्पनीले पहिलो प्याकेजको ठेक्का पाएको हो,” उनले भने । उनका अनुसार फागुन दोस्रो हप्ताभित्र पहिलो प्याकेजको काम अगाडि बढाउन निर्माण कम्पनीसँग सम्झौता गर्ने तयारी छ । उक्त कम्पनीले पहिलो प्याकेजका लागि रु १६ अर्ब ६८ करोडमा ठेक्का प्राप्त गरेको छ ।

    पहिलो प्याकेज अन्तर्गतका कामका लागि लार्सन एण्ड टर्बो इण्डिया, चाइना गेजुवा कम्पनी र सोङ्दा भियतनाम÷कालिका जेभीले बोलपत्र पेश गरेका थिए । पहिलो प्याकेज अन्तर्गत १४० मिटर अग्लो कङ्क्रिट बाँध, नदी फर्काउने दुईवटा सुरुङ, अस्थायी बाँधलगायतका संरचना निर्माण गरिनेछ । कम्पनीले यसअगाडि पहिलो प्याकेजका लागि सिएमसीसँग ठेक्का रद्द गरेर पुनः बोलपत्र आह्वान गरेको थियो ।

    आयोजनाको प्याकेज दुई अन्तर्गत भने करीब रु एक अर्ब खर्च भइसकेको छ । प्याकेज दुई अन्तर्गत सिनो हाइड्रो कर्पोरेशन लिमिटेडले काम गरिरहेको छ । प्याकेज दुई अन्तर्गत सिनोले सुरुङ, विद्युतगृह निर्माण र हाइड्रो तथा इलेक्ट्रो मेकानिकल उपकरण आपूर्ति जडानको ठेक्का पाएको छ ।

    त्यस्तै प्याकेज तीन अन्तर्गत प्रशारण लाइन निर्माणका लागि रु तीन करोड खर्च भएको छ । प्रशारण लाइन निर्माणका लागि भारतको केइसि इन्टरनेशनल लिमिटेडले ठेक्का पाएको छ । आयोजनाले प्रशारण लाइन निर्माणका लागि साढे २३ रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने भएकाले त्यसको प्रक्रियालाईसमेत अगाडि बढाइसकेको छ । टावर राख्नका लागि ५३ जना व्यक्तिको जग्गा अधिग्रहण गर्नुपर्नेछ । आयोजनाको प्रशारण लाइन निर्माणका क्रममा टावर राख्नका लागि साढे २३ रोपनी जग्गा अधिग्रहण गरिनेछ भने तार तान्नका लागि २१ हेक्टर क्षेत्रफललाई क्षतिपूर्ति दिइनेछ ।

    प्रशारण लाइन निर्माणका लागि तनहुँ र चितवनतर्फका वन क्षेत्रमा पर्ने रुख कटान हुनेछन् । तनहुँतर्फ ३० हेक्टर वन क्षेत्रको रुख कटान गर्नुपर्ने र त्यसका लागि फाइल वन विभागमा पठाइएको छ । दमौलीदेखि भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रशारण लाइन निर्माणको ठेक्का भारतीय कम्पनी केइसीले पाएको छ । चालू आर्थिक वर्षमा प्रशारण लाइनका लागि ३० वटा टावर निर्माण गरिनेछ ।

    आयोजनाको प्याकेज दुई अन्तर्गतको विद्युत् गृहको काम पनि भइरहेको छ । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको ‘केवल टनेल’को काम पूरा भएसँगै विद्युत् गृहको काम भइरहेको छ । आयोजनाका लागि १४० मिटर बाँध, एक हजार १६२ मिटर र ७४ मिटर को मुख्य सुरुङ, ८९ मिटर लम्बाइ, २२ मिटर चौडाई र ४४ मिटर उचाइ भएको भूमिगत विद्यृतगृह निर्माण गरिनेछ ।

    खुद उचाई १२१ मिटर रहने आयोजनाबाट सुख्खायामा १७८.९० मेगावाट र वर्षायाममा ३२३.६८ मेगावाट ऊर्जा उत्पादन गर्नेछ । आयोजनाको कूल लागत ५०५ मिलियन अमेरिकी डलर (प्रशारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याज समेत) रहेको छ । जाइकाले दोस्रो प्याकेज अन्तर्गतका कामका लागि रु १८४ मिलियन डलर बेहोर्ने छ ।

    ग्रामीण भेगमा इसिजी र एक्सरे सेवा

    बन्दीपुर गाउँपालिका– ६ स्थित धरमपानी स्वास्थ्य चौकीलाई रोटरी क्लबले इसिजी र एक्सरे मेसिन सहयोग गरेको छ । ग्रामीण भेगका जनतालाई गाउँमै सेवा प्रवाह गर्ने उद्देश्यसहित रोटरी क्लब अफ पाटन, रोटरी क्लब जापान र बन्दीपुर सामाजिक विकास समितिले स्वास्थ्यचौकीलाई इसिजी र एक्सरे मेसिन सहयोग गरेको हो ।

    उक्त सामग्री क्लबले गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापा, उपाध्यक्ष करुणा गुरुङको उपस्थितिमा हस्तान्तरण गरेको छ । सामाजिक सेवाको भावनासहित क्लबले रु पाँच लाख ९० हजार बराबरको सामग्री स्वास्थ्यचौकीलाई सहयोग गरेको रोटरी क्लब अफ पाटनका अध्यक्ष रत्नकाजी श्रेष्ठले जानकारी दिए ।

    अध्यक्ष थापाले क्लबले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै उक्त सामग्रीले गाउँका जनतालाई सहज हुने बताए । गाउँपालिकाका उपाध्यक्ष गुरुङले इसिजी र एक्सरे मेसिन प्राप्त भएपछि गाउँका मानिसलाई उक्त कार्यका लागि बजारसम्म आउनुपर्ने बाध्यताको अन्त्य भएको बताए ।

    धरमानी स्वास्थ्यचौकीमा गाउँपालिकाले गत वर्ष ल्याब सञ्चालन गरेको थियो । ल्याबका लागि गाउँपालिकाले दुई जना दक्षप्राविधिक समेत राखेको छ । “इसिजी र एक्सरेका लागि यहाँका सर्वसाधारण बजारसम्म जानुपर्दा आर्थिक भारसमेत पर्ने गरेको थियो, अब गाउँमै सर्वसुलभ रुपमा सेवा पाउने भएका छन्,” गुरुङले भने । गाउँपालिकाले छिट्टै नै धरमपानी स्वास्थ्यचौकी र बन्दीपुर अस्पताललाई एम्बुलेन्स हस्तान्तरणको तयारी गरेको उनले जानकारी दिए ।

    एक करोड ५५ लाखको अक्षयकोष

    देवघाट गाउँपालिकामा सञ्चालित वृद्धाश्रमका लागि रु एक करोड ५५ लाखको अक्षयकोष स्थापना गर्ने अभियान सञ्चालन गरिएको छ । देवघाट क्षेत्र विकास समिति अन्तर्गत सञ्चालित देवघाट समाज कल्याण केन्द्र (वृद्धाश्रम) का लागि रु एक करोड ५५ लाखको अक्षयकोष स्थापना गर्न अभियान सञ्चालन गरिएको हो ।

    एक व्यक्तिबाट रु १५ हजार ५०० सङ्कलन गरेर एक हजार जनालाई आजीवन सदस्य बनाउने अभियान रहेको क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धीरनबाबु घिमिरेले जानकारी दिए । एक हजार आजीवन सदस्य बनेसँगै वृद्धाश्रमका लागि सरकारको भर पर्नुनपर्ने घिमिरेले बताए । वृद्धाश्रममा हाल ३८ जना वृद्धवृद्धा रहेका छन् ।

    वृद्धाश्रमको क्षमता ५० जनाको रहेको छ । उनका अनुसार ६ जना कर्मचारीले वृद्धाश्रम हेर्दै आएका छन् । जायजन्म र जायजेथा नभएका ६० वर्ष नाघेका वृद्ववृद्वालाई स्थानीय तहको सिफारीसमा वृद्धाश्रममा राख्ने गरिन्छ । वृद्धाश्रममा रहेका वृद्धवृद्धालाई आवश्यक खाद्यन्न र लत्ताकपडा दाताले पुर्याउँदै आएका छन् । उनका अनुसार पछिल्लो समय वृद्धाश्रममा भौतिक संरचना थप निर्माण गरी सुविधा सम्पन्न बनाइएको छ । वृद्धवृद्धालाई बस्ने ठाउँदेखि नुहाउनका लागि तातो पानी, वातावरण अनुकूलित आवास क्षेत्र टेलिभिजन जडानलगायतका काम गरिएको छ । विसं २०५२ बाट वृद्धाश्रम सञ्चालनमा ल्याइएको हो ।

    डिभिजन वन प्रदेशमा उत्कृष्ट

    डिभिजन वन कार्यालय प्रदेश सरकारबाट उत्कृष्ट कार्यालयको रुपमा पुरस्कृत भएको छ । प्रदेश सरकार मातहत जिल्लास्तरमा रहेका कार्यालयमध्ये सो कार्यालय उत्कृष्ट घोषित हुन सफल भएको हो । नमूना कार्यालय मापदण्ड, २०७६ बमोजिम यस वर्षको नमूना कार्यालयको रुपमा डिभिजन वन कार्यालय तनहुँलाई मङ्गलबार पुरस्कृत गरिएको छ ।

    प्रदेश सरकारको तेस्रो वार्षिकोत्सवको अवसरमा आयोजित विशेष समारोहमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र प्रमुख सचिव विष्णुप्रसाद नेपालले डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेलाई नगद रु २० हजार र प्रमाणपत्रले पुरस्कृत गरेका छन् । आगामी दिनमा डिभिजन वन कार्यालयले थप सुधारका कार्यसहित जनअपेक्षा अनुसार सेवा प्रवाह गरी सुशासनको प्रबद्र्धन गर्न सफल हुने सरकारले विश्वास व्यक्त गरेको छ ।

    बालिका जबर्जस्ती करणी गर्नेलाई जन्मकैद

    जबरर्जस्ती करणी मुद्दामा जिल्ला अदालतले एक अभियुक्तलाई जन्मकैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश जगतनारायण प्रधानको बुधबारको इजलासले भानु नगरपालिका–८ रुपटार बस्ने ३२ वर्षीय दीपेन्द्र विकलाई जन्मकैदको फैसला सुनाएको हो ।

    सोही ठाउँ बस्ने ६ वर्षीया बालिकालाई गत जेठ १३ गते जबरर्जस्ती करणी गरेको अभियोगमा विक पक्राउ परेका थिए । उनी विरुद्ध जेठ २२ गते जिल्ला अदालत तनहुँमा मुद्दा दायर भएको थियो । त्यसयता उनी पूर्पक्षका लागि कारागारमा रहेका थिए । अदालतले पीडकबाट रु ५० हजार क्षतिपूर्ति भराउने फैसलासमेत गरेको अदालतका मुद्दा फाँटका कर्मचारी कृष्ण गौतमले जानकारी दिए ।

    धरौटी बुझाउन नसकेपछि थुनामा

    गाँजा मुद्दामा पक्राउ परेका एक अभियुक्त धरौटी बुझाउन नसकेपछि पूर्पक्षका लागि थुनामा गएका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिका–१ बस्ने २१ वर्षीय आनन्द केसी रु २० हजार धरौटी बुझाउन नसकेपछि बुधबार पूर्पक्षका लागि थुनामा गएका हुन् ।

    सोही मुद्दामा उदयपुर रौतामाई गाउँपालिकाका १९ वर्षीय विजय राई भने रु १० हजार धरौटी बुझाएर तारेखमा रिहा भएका छन् । जिल्ला न्यायधीश वासुदेव पौडेलको बुधबारको इजलासले उक्त आदेश गरेको हो । शुक्लागण्डकी नगरपालिका–५ बेलचौताराबाट गत माघ ८ गते प्रहरीले निजहरुलाई एक किलो २५० ग्राम गाँजासहित पक्राउ गरेको थियो ।

    बेपत्ता किशोर दश दिनपछि फेला

    व्यास नगरपालिका–४ सिमलटार बस्ने १७ वर्षीय ईश्वर क्षेत्री दश दिनपछि फेला परेका छन् । गत माघ २६ गतेदेखि बेपत्ता भएका उनी बुधबार पोखरामा फेला परेका हुन् । किशोर बेपत्ता भएकोबारे रासस समाचार प्रकाशित भएको थियो ।

    क्याम्पस जान घरबाट हिँडेका उनी क्याम्पस नगइ बेपत्ता भएका थिए । सिमलटारस्थित मामाघर बसेर पढ्दै आएका ईश्वर बेपत्ता भएपछि दाजु सन्तोषले प्रहरीमा उजूरी गरेका थिए । वीरता टोल विकास संस्थाका अध्यक्ष सरोज बस्नेतले पोखरामा फेला परेपछि ईश्वरलाई घर ल्याइएको जानकारी दिए । ईश्वरका दाजु सन्तोषले बेपत्ता भाइ फेला परेकामा खुशी व्यक्त गर्दै भने, “भाइले पोखरामा दाइहरुसँग गएर बसेको थिएँ भनेको छ, अरु कुरा खासै सोधेको छैन । भाइ भेटियो खुशी छौ ।”

    तनहुँमा खोप लगाउने २२ सय

    कोभिड विरुद्धको खोप लगाउनेको सङ्ख्या दुई हजार २०८ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कूल लक्ष्यको ६७ प्रतिशतले बुधबारसम्म खोप लगाएका छन् । जिल्लामा तीन हजार दुई सय ८० जनालाई खोप लगाउनेको लक्ष्य थियो । कार्यालयका खोप अधिकारी वीरेन्द्रकुमार चौधरीले २३५ ले खोप लगाएको जानकारी दिए । मङ्गलबारसम्म जिल्लामा एक हजार ९७३ जनाले खोप लगाएका थिए । छुटेकालाई बुधबार दमौली खोप केन्द्रबाट सेवा प्रवाह गरिएको थियो ।

    जिल्लामा पहिलो चरणमा छुट भएका ९८, स्थानीय तहका निर्वाचित जनप्रतिनिधि÷कर्मचारी ७५२, निजामति कर्मचारी तीन सय पाँच, जनपद प्रहरी २२०, सशस्त्र प्रहरी १३, बैँक तथा वित्तीय समूहका चार सय ५७, प्राधिकरण र संंस्थानका कर्मचारी दुई सय ५०, न्याय सेवाका ३२ र ८१ सञ्चारकर्मीले खोप लगाएको कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    सिंहका हत्या आरोपी ५ जना पुर्पक्षका लागि कारागार चलान

    कर्णालीमा १३ वर्षमुनिका खेलाडी छनोट गर्दै एन्फा

    पोखरामा आन्तरिक पर्यटकको चहलपहल बढ्दै

    एक वर्षसम्म पनि मजदूरले पाएनन् ज्याला

    राजापुर क्षेत्रका लागि दुईवटा एम्बुलेन्स खरीद

    उच्च शिक्षा छात्रवृत्तिमा जुम्ला पर्न सकेन

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ठेकेदारले निर्माणमा ढिलासुस्ती गरेको भन्दै सडक अवरुद्ध

    भेनेजुएलाद्वारा युरोपेली युनियनका राजदूतलाई ७२ घन्टाभित्र देश छाड्न आदेश

    १७ अर्ब लागतमा नारायणगढ–बुटवल सडक फराकिलो बनाइँदै

    जाजरकोटको जगदुल्ला जलविद्युत्का लागि सडक निर्माण प्रक्रिया शुरु

    सिंहका हत्या आरोपी ५ जना पुर्पक्षका लागि कारागार चलान

    प्रचण्ड-माधव नेतृत्वको सरकार बन्ने कुरा ‘गोरु ब्याएर बिगौती खान खोजे’ जस्तै : सूर्य थापा

    सरकार गठनका विषयमा छलफल गर्न कांग्रेसको पदाधिकारी बैठक बस्दै

    २४ घण्टामा थपिए ९४ जना कोरोना संक्रमित, ७१ जना संक्रमणमुक्त

    डा.केसीद्वारा सत्याग्रह स्थगित

    पशुपतिनाथमा सुनको जलहरी स्थापित गर्ने काम सम्पन्न

    ठेकेदारले निर्माणमा ढिलासुस्ती गरेको भन्दै सडक अवरुद्ध

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    सुनको मूल्य घट्यो

    व्यावसायिक कृषिमा आकर्षण बढ्दै

    बक्यौता करमाथि ब्याज असुल्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट

    नेप्सेमा २५९९ विन्दुमा, निफ्राको शेयरमूल्य ५.३९ प्रतिशतले घट्यो

    महिला लघुवित्तको साधारण शेयर बाँडफाँड शुक्रबार हुने

    सेतोखबर बिशेष

    प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला, यस्ताे छ फैसलाकाे पूर्णपाठ

    काठमाडाैं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसला गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा भएको सुनुवाइपछि...  विस्तृतमा

    १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन सर्वोच्चको आदेश

    ओलीले विघटन गरेको प्रतिनिधिसभा पुर्नस्थापना गर्ने सर्वोच्च अदालतको फैसला

    हाम्रो सत्तामा ओली र देउवाले नख्खु जेलमा आराम गर्नेछन् : रवीन्द्र मिश्र

    सरकारसँग वार्ता गर्न विप्लव तयार, सरकारले प्रतिवन्ध फुकुवा गर्न सक्ने

    निषेध र विभेदको राजनितिले देश दिनप्रतिदिन जटिलतामा फस्दै : पूर्वराजा ज्ञानेन्द्र

    ‘म न्यायालयको अपमान गर्ने कुरा सोच्नसमेत सक्दिन’: प्रधानमन्त्री ओली, पूर्णपाठसहित

    भागरथी भट्टको हत्याका आरोपी १८ बर्षीय दिनेश भट्ट सार्वजनिक

    ओली सरकारको ३ वर्ष पूरा, यी हुन् प्रमुख उपलब्धिहरू (पूर्णपाठसहित)

    भागरथीको बलात्कारपछि हत्याको सत्य तथ्य छानविन गरी दोषीलाई कारवाही गर : विप्लव

    प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई ‘प्रथम महिला’ भनिएकोमा पम्फा भुसालको आपत्ति

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑