सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले न्यायालयको अपमान गर्ने कुरा सोच्नसमेत नसक्ने बताउनुभएको छ ।
अदालतको अवहेलना मुद्दामा बिहीबार सर्वोच्च पुगेर लिखित जवाफ प्रस्तुत गर्दै प्रधानमन्त्रीले आफूले न्यायपालिकाको सम्मान कम हुने कार्य गरें भनी कल्पना गर्नुसमेत दूराग्रह हुने उल्लेख गर्नुभयो । ‘हाम्रो संवैधानिक प्रणाली शक्ति पृथकीकरण एवं नियन्त्रण तथा सन्तुलनको सिद्धान्तमा आधारित छ,’ प्रधानमन्त्रीको भनाइ छ, ‘लोकतन्त्र, विधिको शासन तथा स्वतन्त्र न्यायपालिकाको लागि पाँच दशकभन्दा लामो समयदेखि संघर्ष गरेको मैले न्यायपालिकाको सम्मान कम हुने कार्य गरें भनी कल्पना गर्नुसमेत दूराग्रहपूर्ण छ ।’
प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वाेच्च अदालतमा विचाराधीन मुद्दामा प्रधानमन्त्री ओलीले विभिन्न कार्यक्रममा दिनुभएको अभिव्यक्तिबाट अदालतको मानहानि भएको भन्ने मुद्दामा यस अघिको सुनुवाइमा आफैं उपस्थित भएर जवाफ पेश गर्न आदेश भएको थियो । सोही आदेशअनुसार प्रधानमन्त्री ओलीले आज उपस्थित भएर जवाफ पेश गर्नुभएको छ ।
यस्तो छ अदालतलाई दिनुभएको जवाफको पूर्णपाठ
काठमाण्डौँ । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष एवं श्रीपशुपतिनाथको सुनको जलहरी निर्माण व्यवस्थापन समितिका संयोजक डा. मिलनकुमार थापाले सुनको जलहरी राख्नु नहुने... विस्तृतमा