सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बैतडी । भागरथी भट्टको बलात्कार तथा हत्या प्रकरणमा संलग्न रहेको आशंकामा पक्राउ परेका उनका छिमेकी १८ वर्षीय दिनेश भट्टलाई प्रहरीले सार्वजनिक गरेको छ ।
अभियुक्तलाई थप ५ दिन म्याद थप गरेर अनुसन्धान अगाडि बढाउन अदालतले प्रहरीलाई अनुमति दिएको छ । आज अपरान्ह २ बजे जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रहरीले अभियुक्तलाई सार्वजनिक गरेको हो ।
आरोपी दिनेश भट्ट भागरथी पढ्ने सनातन धर्म माविमा कक्षा ११ मै पढ्ने गरेको वताइएको छ।
भागरथीका दाइ केशवराज भट्टले आज विहान भट्ट विरुद्ध किटानी जाहेरी दर्ता गराएका थिए । अभियुक्तले आफूले घाँटी थिचेर मारेको बयान दिएपनि हत्या गर्नुको कारण भने नखोलेको प्रहरीले बताएको छ ।
आरोपी दिनेशलाई प्रहरीले मंगलबार साँझ उनको घरबाटै नियन्त्रणमा लिएको थियो । दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथीको शव माघ २२ गते चडेपानी स्थित लवलेक जंगलमा फेला परेको थियो ।
वडा नम्बर ३ स्थित सनातनधर्म माविमा कक्षा १२ मा अध्यनरत उनी २१ गते बिहान १० बजे विद्यालय गएकी थिइन् ।
त्यही दिन बेपत्ता भएकी उनको भोलिपल्ट शव भेटिएको थियो ।।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा