सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले मुलुक पूर्णरुपमा लोडसेडिङ मुक्त भएको उद्घोष गरेका छन् । उनले उद्योग र कलकारखाना बाहेक अन्य क्षेत्र लोडसेडिङ मुक्त भएको जानकारी पनि दिएका छन् । उर्जामा प्राधिकरण प्रमुख घिसिङले लोडसेडिङलाई इतिहास बनाउँदै मुलुकभर उज्यालो छर्ने काम गरिएको बताए । उनले कक्षा १० को परीक्षा एसएलसीको समयलाई मध्यनजर गर्दै मुलुक भर नै लोडसेडिङ मुक्त गरिएको जानकारी दिए ।
त्यसैगरि प्रबन्ध निर्देशक घिसिङले मुलुकमा लोडसेडिङ अन्त गरेर उर्जा क्षेत्रलाई उन्मुख गराउने तर्फ प्राधिकरण लागेको बताए । उनले जलविद्युत आयोजनाबाट विद्युत निकालेर यसलाई वितरण गर्ने सोंचमा प्राधिकरण रहेको समेत बताए ।नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङसँग कुराकानी राति ९ः३० बजे मिसन उर्जा कार्यक्रममा हेर्न सक्नुहुन्छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा